अन्तर्राष्ट्रिय पर्वत समाजको वृहत भेला युएईमा, आधा दर्जन ख्यातिप्राप्त कलाकारहरुको जमघट


माघ ६, युएई । आजको आवश्यकता, प्रवासी पर्वतेलीहरुको एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माण हाम्रो अभियान ” भन्ने मुल नारासहित अन्तर्राष्ट्रिय पर्वत समाजको बृहत भेला युएईमा हुने भएको छ । रोजगारीको सिलसिलामा विस्वका १७ देशहरूमा छरिएका पर्वतेलीहरु आगामी २८ फेब्रुअरी २०१९ देखि मार्च १ सम्म २ दिन आयोजना हुने भेलाले पर्वतको चौतर्फी विकासको लागि महत्त्वपूर्ण निर्णयहरु गर्ने समाजका सचिव मणिप्रसाद भुर्तेलले बताएका छन् ।

समाजको आगामी सेप्टेम्वर/ अक्टोवरमा नेपालमा हुने अधिबेशनको पूर्व तयारी, अहिले सम्म गरिएका कार्यहरुको समीक्षा मध्यपुर्वी मुलुकहरुमा रहेका नेपाली कामदारहरुको समस्या र त्यसका समाधानको खोजी, पर्वत जिल्लामा रोजागारी अभिबृद्धिका लागि लगानी, अवसर चुनौती र लगानीका क्षेत्रहरु लगायत बिबिध बिषयमा छलफल गरिने आयोजकले बताएका छन् । समृद्ध पर्बत निर्माण अभियानमा प्रवासी पर्वतेलीहरुको भूमिका र नेपाल सरकार स्थानीय सरकारको दायित्व र कर्तब्य माथि छलफल हुने र यस अभियानलाई सार्थकता दिन जस्तोसुकै चुनौती, अवसर सामना गर्ने प्रतिबद्धताका साथमा बिस्वभरि रहेका पर्वतेहरुलाई हातेमालो गर्न यो भेला कोशेढुंगा बन्ने दाबी अन्तर्राष्ट्रिय पर्वत समाजका अधक्ष्य पुरन गिरीले गरेका छन् ।
उक्त भेलामा निम्न शिर्षकहरुमा छलफल हुने र निस्कर्शमा पुग्ने आयोजकले बताएका छन् ।

१) बिस्वभरि रहेका पर्बतेलीको अबस्था ।
२ ) मध्यपूर्वमा रहेका पर्वतेली वा नेपालीहरुको समस्या र निराकरणमा पहल ।
३ ) संस्थाले १ बर्षभित्रमा गरेका कामहरुको समिक्षा ।
४ ) संस्थाले आगामी बर्षका लागि गर्ने कार्यको योजना ।

५ ) वैदेशिक रोजगारमा रहेका पर्वतेका लागि सामाजिक सुरक्षा कोष स्थापना गर्ने ।
६ ) स्वास्थ्य, शिक्षा, कृषि एवम पर्यटनमा लगानीको संभावना ।
७ ) खाडी मुलुकमा रहेका महिला कामदारको श्रमस्वीकृति तथा पुन श्रमस्वीकृतिमा अल्झन नराख्न नेपाल सरकारसँग पहल गर्ने ।
८ ) पर्बत जिल्लाभरि मेडिकल इन्सोरेन्सको ब्यबस्था गर्न पहल गर्ने ।

९) पर्बत जिल्लाबाट बसाइसराइलाई रोक्न पहल गर्ने ।

कार्यक्रमलाई ऐतिहासिक र ब्यवस्थित बनाउनका लागि संयोजन सदस्य संस्था पर्वत सेवा समाज युएईले गर्नेछ ।
भेलाको आकर्षकका रुपमा कलाकारहरु बिमलराज क्षेत्री, कुलेंद्र बि क, कृष्ण समिप सुबेदी, सुस्मा लोहनी, बिक्रम पौडेलर नरेन सापकोटा युएई आउने भएका छन् ।

६ माघ २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको