गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)


माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’ बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा छाँयाकन गरिएको उक्त गीतमा सबिन र नेहा बस्नेतको युगल जोडीलाई देख्न सकिन्छ । नवीन र नेहाले भिडियोमा गीतको भावलाई समेटेर उत्कृष्ट अभिनय गरेको बताएका छन् ।

उपेन्द्र लिम्बुको शब्द रचना रहेको गीतमा छायांकन, सम्पादन तथा निर्देशन पासाङ शेर्पाले गरेका छन् । भिडियो अहिलेको युवा पुस्ताहरुको अवस्था र जीवन शैलीसँग सुहाउँदो भएकोले सबैले मन पराईदिनेमा गायक लिम्बू ढुक्क छन् । नेपाली सांगीतिक क्षेत्रमा कर्णप्रिय गीत गाउन सफल गायक लिम्बुको नयाँ गितको सफलताको शुभकामना । गीतको लिन्क :

२०७५ माघ ६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको