बिप्लवको घरमा अदालतले म्याद टाँस्दै भन्यो, ‘७० दिनमा उपस्थित हुनु नत्र सम्पती जफत हुन्छ’


माघ ६, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’को घरमा जिल्ला अदालतले रुपन्देहीमा १५ दिनभित्रमा उपस्थित हुन भन्दै आज १५ दिने म्याद टाँसेको छ । विप्लव र वीरजंग नाताले सहोदर दाजुभाई हुन् । वीरजंग ठूल्दाई हुन भने विप्लव कान्छा भाई हुन् ।

निर्वाचन खारेज अभियानताका भएका विभिन्न गतिविधिहरुसँग जोड्दै विप्लवको घर कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ९, शिवगढीस्थित उनको घरमा म्याद पूर्जी टाँसेको हो । आगजानी अन्तर्गत मुद्दा रहेको भन्दै विप्लव र वीरजंग दुवैलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आग्रहसहित जिल्ला अदालत रुपन्देहीका कर्मचारीले पूर्जी टासेका हुन् ।

७० दिनसम्ममा अदालतमा उपस्थित नभएमा उनीहरुको नाममा रहेको सम्पत्ति समेत जफत हुने गरी अदालतको पक्राउ पूर्जी आज साझ विप्लवको घरमा टासिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

विगतमा पनि उनको घरमा यस्तै प्रकृतीको प्रक्राउ पुर्जी टास्ने गरिएको थियो । विप्लव पछिल्लो समय सार्वजनिक भएका छैनन भने उनको घरमा प्रहरीले निग्रानी बढाउने तथा पूर्जी टाँस गर्ने काम गर्ने गरेको छ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका विभिन्न तहका नेताहरुको घरमा विभिन्न मुद्दाहरु तथा धरपकड र पक्राउ पूर्जी टाँस गर्ने गरेको छ

२०७५ माघ ६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको