मन्त्रिपरिषद् पुनर्गठन बुधबार, सार्वजिनक कार्यक्रममा नजान मन्त्रीलाई प्रधानमन्त्रीको आग्रह


मंसिर ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् ।

मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर उनले भोलि (बुधबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् । ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’, बैठकमा प्रधानमन्त्रीले भने, ‘कसैले पनि अन्यथा नलिनुहोला ।’

प्रधानमन्त्रीकाे भनाई उदृत गर्दै एक मन्त्रीले भने, ‘भाेलि मन्त्रिमण्डलमा सानाेतिनाे हेरफेर हुँदैछ । कतिपय साथीहरु हट्नुहाेला, सार्वजनिक कार्यक्रम नराख्नुहाेस् । तपाईंहरुलाई असक्षम भनेर हटाउन खाेजेकाे हाेइन, बाहिर पनि कतिपय सक्षम साथीहरु हुनुहुन्छ। उहाँहरुलाई पनि माैका दिनुपर्छ । प्रधानमन्त्री ओलीले भोलि सार्वजनिक कार्यक्रममा नजान समेत आग्रह गरेको स्रोतले जनाएको छ ।

सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थियो । तर प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन रोकिएको थियो ।

२०७६ मंसिर ३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको