प्रचण्ड पुत्र प्रकाश दाहालको दोस्रो स्मृति सभा ६ तस्बिरमा हेर्नुस


मंसिर ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको दोस्रो स्मृति सभा मनाइएको छ ।

ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार बिहान आयोजित स्मृति सभामा प्रचण्डका परिवार र केही नातेदारमात्र उपस्थित थिए ।

यसअघि स्मृति सभामा भने प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीगण, उच्च नेताहरू तथा नेकपाका नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो ।

दाहालको २०७४ मंसिर ३ गते हृ’दयघा’तका कारण नि’धन भएको थियो ।

तस्बिर: प्रचण्डको फेसबुकबाट ।

३ मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको