सुनको मूल्य बढ्यो


मंसिर ३, काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ ।

सोमबार ७१ हजार ६ सय प्रतितोलामा कारोबार भएको सुनको मूल्य मंगलबार ७२ हजार कायम भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७२ हजार रुपैयाँ छ । सोमबार छापावाल सुन तोलाको ७१ हजार ६ सयमा कारोवार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको ७१ हजार ७ सय रुपैयाँ पुगेको छ । सोमबार तेजावी सुनको मुल्य ७१ हजार ३ सयमा कारोवार भएको थियो ।

आज चाँदीको मुल्यमा १० रुपैयाँले बढेको छ । ८ सय ६० रुपैयाँ प्रतितोल तेकेको छ ।

३ मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको