कार्तिक २, सल्यान । नेपालको पहिलो लोकस्टार बन्न ४ फाइनलिष्टहरु भोट माग्न आ-आफ्नो ग्रिहक्षेत्रमा जुटिरहेका छन् । यसैक्रममा बिजेताको दाबेदार मानिएका शनि बिश्वकर्मा आफ्नो ग्रिह जिल्ला रोल्पा पुगेर भोट मागिरहेका छन् ।
गृहजिल्लाको भ्रमण पछी शनि कर्णाली प्रदेशको सल्यान जिल्ला पुग्ने कार्यक्रम रहेको छ । उनि आइतबार सल्यानको श्रीनगर पुगेर भोट माग्ने कार्यक्रम रहेको रेडियो तहल्काका स्टेशन म्यानेजर डिल्लीराज रावतले बताए । उनका अनुसार कार्यक्रम मध्यान्ह १२ बजे हुनेछ ।
शनि जिताउ अभियानलाई साथ दिन सल्यान स्थित केहि पत्रकार र अधिकारकर्मीहरुको आग्रहमा शनि सल्यान आउन लागेका हुन् ।
शनिलाई जिताउ भन्दै शुक्रबार सल्यानका युवाहरु स्वतस्फूर्त श्रीनगर बजारमा भोट माग्दै हिडेका थिए । उनिहरुले शनिको प्रतिभा समग्र मध्यपश्चिम क्षेत्रको शान भएको भन्दै छिमेकी जिल्लाले गर्न सकिने सहयोग गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस