भदौ २, काठमाडौं । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पूर्वयुवराज पारस शाहमाथि छानबिन हुने भएको छ ।
पूर्व युवराज पारसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । पारसले आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई हातपात गरेका थिए ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले पूर्व युवराज शाहमाथि छानबिन गर्ने जनाएको छ ।
आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा पूर्वयुवराज पारसले सई खत्रीमाथि झम्टिएको देखिएको छ ।
आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड जान लागेको समयमा बिदाई गर्न पारस विमानस्थल पुगेका थिए । पुर्व राजा ज्ञानेन्द्र शाह २ साताअघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्डमै रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस