शंकर के.सी/साउन ३, सल्यान । एक महिनाको अवधिमा सल्यान कपुरकोटबाट साढे सात करोड भन्दा बढिको ताजा तरकारी तथा फलफुल वाहिरि जिल्ला गएको छ ।
गत जेठ २८ गतेदेखि असार मसान्त सम्म कपुरकोटका किसानले तरकारि विक्रि गरेर ७ करोड ६९ लाख १३ हजार ४ सय ४३ रुपैयाँ हात पारेका हुन् । कृषि उपज बजार केन्द्रले दिएको जानकारि अनुसार ८ हजार १ सय ३४ क्वीन्टल ताजा तरकारी तथा फलफुल कपुरकोटबाट ब्यापारिहरुले खरिद गरेर वाहिरि जिल्लामा लगेका छन् ।
एक महिनाको अवधिमा कृषि उपज बजार केन्द्रमा किसानहरुले ३ हजार २ सय ६९ क्वीन्टल टमाटर विक्रि गरेर ५ करोड ८१ लाख ७ सय ७८ रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै २ हजार ६ सय ९७ क्वीन्टल बन्दा गोभी विक्रिबाट ५४ लाख, ३४ हजार ६ सय ६३ रुपैयाँ, १ हजार ४ सय २८ क्वीन्टल फुल गोभीबाट १ करोड ६० लाख ४७ हजार ५ सय ७२ रुपैया कपुरकोटमा भित्रीएको छ ।
११२ क्वीन्टल सिमि विक्रिबाट ९ लाख ६४ हजार २४० रुपैयाँ, ४५२ क्वीन्टल भेडे खुर्सानीबाट ३० लाख २१ हजार ५९६ रुपैयाँ, ५३ क्वीन्टल काँक्राबाट २ लाख ५३ हजार ६७ रुपैयाँ, ४९ क्वीन्टल हरियो खुर्सानीबाट ४ लाख ५१ हजार ८०५ रुपैयाँ, ११ क्सीन्टल गाजरबाट ७२ हजार १०९ रुपैयाँ यहाँका किसानले हात पारेको बजार केन्द्रका एक कर्मचारि विष्णु प्रसाद गौतमले जनाए ।
उनका अनुसार १३ क्वीन्टल मुला विक्रि भएको छ । यसबाट ५९ हजार ४२२ रुपैयाँ प्राप्त भएको छ । यस्तै २ लाख ७७ हजार ५२० रुपैयाँ बराबरको २४ क्वीन्टल लसुन विक्रि भएको छ भने २ लाख ९१ हजार ३१० रुपैयाँको १६ क्वीन्टल अदुवा र ६ हजार ६० रुपैयाँ बराबरको ४ क्वीन्टल नास्पति विक्रि भएको छ ।
सल्यान जिल्लाकै सबैभन्दा ठूलो कपुरकोट स्थीत कृषि उपज बजार केन्द्रमा नेपालगञ्ज, बुटवल, धनगडी, घोराहि, तुलसिपुर लगाएत विभिन्न ठाउँबाट ब्यापारिहरु आएर तरकारि खरिद गरि लैजाने गर्दछन् ।
पछिल्लो समय यहाँका किसानहरुले ब्यवशायीक ढंगबाट तरकारि खेती विस्तार गरिरहेका छन् । कपुरकोट बजारका अलावा रीम, गर्पा, सिनवाङका विभिन्न स्थानमा तरकारि संकलन केन्द्रहरु रहेका छन् ।
पछिल्लो समय गाउँगाउँमा कृषि सडकको विकास भएपछि ब्यापारिहरु किसानको खेतबारिमै गाडी लगेर तरकारि खरिद गर्न पुग्ने गरेका छन् ।
विहानै गाउँपालिका अध्यक्ष कपुरकोट तरकारि बजारमा
किसानले उत्पादन गरेको तरकारि विक्रिमा समस्या देखिएपछि यस कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनज्यू शुक्रबार (आज) विहानै तरकारि बजार पुगे ।
ट्रक ब्यवशायीको आन्दोलनका कारण तरकारि बोक्ने ठूलो गाडी कपुरकोट नआएको भन्ने खबर पाए लगतै उनि तरकारि बजार पुगिसकेका थिए।
तरकारि ब्यापारिहरुले ट्रक ब्यवशायीहरुले अघोषित रुपमा आन्दोलन गरेर ट्रक संचालन नगर्दा आफुहरुलाइ तरकारि लैजान समस्या परेको बताएका थिए ।
अध्यक्ष सेनले कुनै पनि कारणले गर्दा किसानले उत्पादन गरेको हरियो तरकारिमा अवरोध हुन नहुने भन्दै सम्बन्धीत निकायहरुसंग समन्वय गरेका छन।
उनले दाङका प्रमुख जिल्ला अधिकारि गोविन्द प्रसाद रिजाल संग सल्यानबाट जाने तरकारिका गाडीमा दाङ लगाएतका क्षेत्रमा अवरोध नहोस् भनेर कुरा समेत गरे ।
यस्तै राप्ती अंचल ट्रक समितीका उपाध्यक्ष बद्रुदिन राइनसंग पनि यसबारेमा बुझे आन्दोलनको कारण देखाउदै ब्यापारिहरुले तरकारिको उचीत मुल्य नदिने अवस्था आउन सक्ने भन्दै अध्यक्ष सेन सचेत बने ।
तरकारि बजार स्थलमा ब्यापारिहरुलाइ उहाँले कुनै पनि बहानामा किसानहरु मारमा पर्न नहुने बताए । उनले किसानहरुलाइ राम्रो मुल्यमा उत्पादिन वस्तु विक्रि गर्ने र व्यापारिहरुलाइ सहज तरिकाले खरिद गर्न सक्ने वातावरण बनाउन आफु क्रियाशिल रहेको बताए ।
कृषि उपज बजार संचालक समितीलाइ पनि तरकारि खरिद विक्रिको प्रभावकारि वातावरण सृजना गर्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस