साझा यातायातसँग नडराउन यातायात व्यवसायीलाई मन्त्री महासेठको आग्रह


साउन ३, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले साझा यातायातसँग नडराउन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

कम्पनीमा रुपान्तरित यातायात व्यवसायीहरुको सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले सरकारले ३ अर्ब दिँदैमा साझासँग डराउनु नपर्ने बताए ।

साझालाई बृद्धबृद्धा, विद्यार्थी, अपाङ्गता भएकाहरुलाई छुट दिएर सेवा दिन भनिएको भन्दै उनले भने, ‘सरकारले कमाउने होइन, सेवामुलक भावले लगानी गरेको हो । त्यसैले साझाबाट डराउनु पर्दैन ।’

यातायात व्यवसायीहरुको लगानी सुरक्षित गर्न सरकार तयार रहेको भन्दै उनले कुनै पनि समस्या भए कुनै पनि बेला मन्त्रालयमा आउन आग्रह समेत गरेका छन् ।

उनले छिट्टै ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने तयारी भइरहेको जानकारी दिए । विधेयक तयार भइसकेको भन्दै उनले आगामी साता संसदमा दर्ता हुने बताए ।

३ श्रावण २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको