माईतिघरमा जनसागर उर्लिंदा बालुवाटारमा ओली-दाहालको संबाद


असार ४, काठमाडौं । गुठि बिधेयक ल्याएपछि वर्तमान सरकार विरुद्ध काठमाडौँको माइतीघर मण्डला र नयाँ बानेश्वरमा विशाल मानव सागर उत्रिए पछि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । भेटमा गुठी विधेयक बिषयमा छलफल भइरहेको छ । साथै मिडिया काउन्सिल विधेयक, लोक सेवा आयोगको विज्ञापन लगायतका विषयमा पनि छलफल भइरहेको जनाईएको छ ।

प्रधानमन्त्री संग प्रचण्डले आन्दोलनकारीका माग सम्बोधन गरेर अगाडि बढ्न प्रस्ताव गरेको खबर छ ।

प्रचण्डले गुठी विधेयक, मिडिया काउन्सिल विधेयक र लोक सेवा आयोगको विज्ञापनको विरोधमा सार्वजनिक रूपमै आफ्ना धारणा राखेका छन् भने, ओलीले विवादित विधेयकका विषयमा बचाऊ गरिरहेका छन् ।

मङ्गलवारको सम्बोधनमा पनि ओलीले आन्दोलन गर्न आवश्यक नरहेको भन्दै सरकारको अडान प्रस्तुत गरेका थिए । तर हिजो नै सरकारले गुठी विधेयक फिर्ता गरेको थियो ।

४ असार २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको