गुठी बिधेयक बिरुद्द राजधानीमा विशाल प्रदर्शन


असार ४, काठमाडौं । गुठी पक्षधरहरुले राज्यले ल्याएको गुठी बिधेयक बिरुद्द काठमाडौंमा विशाल प्रदर्शन गरेका छन् । बिधेयकका बिरुद्द विभिन्न स्थानबाट निस्किएको र्‍याली माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गएर मिसिएको छ ।

गुठी पक्षधरहरु प्रदर्शनपछि अहिले थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ । केहीबेरमा हुने खबरदारीसभामा विभिन्न व्यक्तिहरुले सम्बोधन गर्ने बताइएको छ ।

‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’ लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबाट र्‍याली निकालेका थिए ।

राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री पद्या अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गरेकी थिइन् । सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो ।

तर, गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन् । त्यसैको खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट राजधानीका विभिन्न स्थानबाट र्‍याली निकालेर गुठीपक्षधरहरुले प्रदर्शन गरेका हुन् ।

४ असार २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको