आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक, कहाँ के हुन्छ ?


बैशाख ६, काठमाडौं । शुक्रबार राती देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै शनिबार दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन र चट्यांग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशको पहाडी भेगमा आंशिक बदली र अन्य भूभागमा सामान्यतया सफा रहनेछ । पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी आइतबार दिउँसो देशको पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ भने अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग सहित हल्का वर्षाको रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै आइतबार राती देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

६ बैशाख २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको