दाङमा अज्ञात समुहद्वारा हाईसमा आगजनी


बैशाख ६, दाङ । दाङमा अज्ञात समूहले हाईसमा आगजनी गरेको छ ।

राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–अमिलिया सडकखण्डमा बा ३ ख ८५९३ नम्बरको गाडिमा आगजनि भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिग्रिएर जगलमा रोकिराखेको सो गाडिमा अज्ञात समुहले आगजनी गरेको खबर पाए लगतै प्रहरी त्यसस्थानमा पुगेको थियो ।

साथै प्रहरीले आगजनी गर्ने समुहको खोजी कार्य भईरहेको जनाएको छ ।

६ बैशाख २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको