‘माफ गर्नुहोस् आमा, म चमत्कार गर्न सक्दिनँ’-रोनाल्डो


वैशाख ६, एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको छैटौंपटक युरोपियन च्याम्पियन्स लिग जित्ने सपना यसपटक चकनाचुर भयो । अन्तिम आठमा डच टिम आयाक्सले उनको टोली युभेन्टसलाई हराएपछि रोनाल्डो ९ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न सकेनन् ।

सो हारपछि ३४ वर्षीय रोनाल्डो गहिरो पीडामा छन् । पराजित भएपछि मैदानमा पनि उनी निकै पीडामा डुबेका देखिन्थे ।

यसैक्रममा रोनाल्डोकी आमा डोलेरेस एभेइरोले छोराको हारप्रति प्रतिक्रिया दिएकी छन् । ‘ए बोला’ अखबारसँग कुरा गर्दै उनले आफ्नो छोराले टोलीलाई जिताउन सक्दो प्रयास गरे पनि सफल हुन नसकेको बताइन् । ‘खेलमा सधैं जित्न सम्भव हुँदैन । उनले आफूले सकेको गरे । अब अर्कोपटक प्रयास गर्छन्,’ उनकी आमाले भनेकी छन् ।

‘हारपछि छोराले तपाईंसँग केही भने’ भनेर सोधिएको प्रश्नमा रोनाल्डोकी आमाले भनिन्, ‘माफ गर्नुहोस् आमा, म चमत्कार गर्न सक्दिनँ ……।’

रोनाल्डोले यस सिजन यस प्रतियोगितामा कूल ६ गोल गरे । उनी च्याम्पियन्स लिगको इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । उनको नाममा कूल १२६ गोल छ ।

यस प्रतियोगितामा रोनाल्डो सर्वाधिक धेरै कीर्तिमान बनाउने खेलाडी हुन् । उनका कतिपय यस्ता कीर्तिमान छन्, जुन जो कोही खेलाडीलाई तोड्न असमभवजस्तै छन् ।

६ बैशाख २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको