प्रचण्डको बिरोध गर्दैमा परदेश पसेकालाई भगौडा भन्न मिल्छ ? -लेनिन बिष्ट


चैत्र ५ काठमान्डौ । अमेरिका भ्रमणमा रहेका प्रचण्डलाइ अमेरिकाकै एक नेपालीले उजुरी हाले पछि उनीप्रति आक्रोस बढेको छ ।

अमेरिकामा रहेका तिलक बहादुर श्रेष्ठले प्रचण्डलाइ उजुरी हालेपछि उनीप्रति नकारत्मक टिप्पणी हुनथाले पछि पुर्वजनमुक्ति सेना तथा बाल सेनाको रुपमा परिचित लेनिन बिष्टले परदेशीलाइ अपमान नगर्न आग्रह गरेका छन् ।

श्रेष्ठले चालेको कदम राम्रो नभए पनि प्रचण्ड बाबुरामले हिजो जनयुद्दको नाममा धन युद्द नगरेको भए उनीहरु बिदेशिनु नपर्ने बताएका छन् ।

प्रचण्डलाइ उजुरी हालेपनि नेपालमा नै कानुनी प्रक्रिया पुर्याउनु राम्रो हुने उनको सुजाव छ ।

देशका नागरिकहरु पारिवारिक बाध्यताले बिदेसीनु परेको बताउदै उनीहरुको रेमिट्यान्सले देश चलेको छ, उनीहरुलाई चित्त नबुझ्दा बिरोध गर्दैमा भगौडा, भतुवा भन्न नमिल्ने तर्क राखेका छन् ।

विदेश पसेकाहरुलाइ भगौडा, भतुवा भन्नेहरुलाइ चम्चे भन्न मिल्छ कि मिल्दैन ? भन्दै बिष्टले प्रश्न समेत गरेका छन् ।

हेर्नुहोस उनको भनाइ:

तिलक बहादुर श्रेष्ठले जे गर्नु भयो त्यो कदमलाई म पनि राम्रो भन्दिन, पहिला नेपालमा नै बृहत् छलफल गर्नुपर्थ्यो, अहिले पनि गर्नुपर्छ, नेपालको सर्बोच्च अदालत प्रती न्याय मुर्तिहरु प्रति हामिलाई पुर्ण बिश्वास छ, उजुरी हाले पनि नेपालमा नै कानुनी प्रक्रिया पुर्याउनु राम्रो हुन्थ्यो, तर यो पनि सहि हो हिजो प्रचण्ड/बावुरामले देशमा जनयुद्दको नाममा धनयुद्ध नगरेको भए , हाम्रा नेपाली दाजुभाई विदेशीनु पर्दैन थियो।

ज्यानको सुरक्षा ,धनको सुरक्षा र परिवारको सुरक्षाका निम्ति विदेश भासिनु पर्ने बाध्यता थियो , आज उनिहरुको रेमिट्यान्सले देश चलेको छ , यो कुरा राम्रो संग बुझ्नुपर्ने हो बिरोध गर्नेहरुले , केही कुरामा चित्त नबुझ्ना साथ उनिहरुलाई नै भगौडा, भतुवा भन्नेहरुलाई के भन्ने, भरौटे , चम्चे भन्न मिल्छ कि मिल्दैन ? यस्तो भरौटे र चम्चे काम पनि नेपाली हु भन्नेले गर्दैनन् र गर्नु हुदैन ।

५ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको