सल्यान रूकुम यातायातको अध्यक्षमा अरविन्द्र कुमार राई चयन


चैत ५, सल्यान । सल्यान रूकुम यातायात व्यवसायी समितको अध्यक्षमा अरविन्द्र कुमार राईलाई चयन गरिएको छ ।

समितिको छैठौ साधारणसभा तथा चौथो अधिवेशनबाट लामो समय महासचिवमा रहेर काम गरेका राई अध्यक्ष बनेका हुन् । मंगलबार बरलाको होटेल एलिशामा भएको अधिवेशन पछि पत्रकारको सामु घोषणा गरिएको हो ।

२०६६ जेठ ४ गते स्थापना भएको समितिको अध्यक्षमा ९ बर्षे कार्यकाल लोकमान बुढाथोकीले समालेका थिए । स्थानिय तहको चुनावमा बागचौर नगरपालिकामा मेयर भएपछि अध्यक्षको हैसियत बुढाथोकीले काम गरेका थिए ।

घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा पुर्व अध्यक्ष लोकमान बुढाथोकीले सल्यान रूकुम यातायात व्यवसायी समिति फौजी रूपमा उभिएको भन्दै जिल्ला जिल्लामा समिति खोल्न पाउने अधिकारका लागि लामो समय लडिएको बताए ।

सल्यानका कयौं समस्यामा जनसेवी भएर उभिएको भन्दै मेला, महोत्सव गरिएको बताए । उनले समितिका गाडिमा यात्रु मात्रै हैन सल्यानको पहिचान बोकेर हिडेको बताएका छन ।

समितको बरिस्ठ उपाध्यक्षमा डम्बर बहादुर कवर, उपाध्यक्ष राम बहादुर खड्का, महासचिव लाल बहादुर बुढाथोकी, सचिव तोकलाल शर्मा,सहसचिव राजेन्द्र कुमार थापा, कोषाध्यक्ष रन्जित कुमार राई, सहकोषाध्यक्ष प्रदिप पाण्डे चयन भएका छन ।

५ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको