रोल्पाको होलेरीमा ‘अक्षर साहित्य’, राष्ट्रियस्तरका साहित्यकारका विभिन्न सेसन


चैत ५, काठमाडौँ । रोल्पाको होलेरीमा ‘राष्ट्रिय अक्षर महोत्सव–२०७५’ हुने भएको छ ।

‘पर्यटन र साहित्य प्रवद्र्धनको अभियान’ मुल नारासहित यही चैत ७ र ८ गते हुने महोत्सव रुन्टीगढी गाउँपालिकाले आयोजना गरेको हो।

महोत्सवमा राष्ट्रियस्तरका साहित्यकारले विभिन्न विषयमा केन्द्रित रहेर सामूहिक बहस गर्नेछन्। पहिलो दिनको पहिलो सेसनमा ‘संस्कृति, साहित्य र समृद्धि’ अन्तर्गत तुलसी दिवस र बमकुमारी बुढामगरबीच बहस चल्नेछ। दोस्रो सेसनमा ‘छाडिएका कथाहरु’ अन्तर्गत नयनराज पाण्डे, अमर न्यौपाने, रामलाल जोशी र अर्चना थापाबीच बहस हुनेछ।

तेस्रो सेसन ‘इन्द्रेणीका रंगहरु’, चौथौँ ‘नलेखिएको रोल्पा’ र पाचौँ ‘कवितामा माटोका गन्ध’ हुनेछ। त्यस्तै, दोस्रो दिनको पहिलो सेसन ‘जीवन, मित्रता र समाज’ मा मदनकृष्ण श्रेष्ठ र हरिबंस आचार्यबीच छलफल हुनेछ।

दोस्रो सेसन ‘कला, राजनीति र रंग’मा कोमल वली र भिमार्जुन आचार्यबीच बहस हुनेछ। तेस्रो सेसन ‘द्धन्द्धमा पत्रकारिता’ र अन्तिम ‘मैरोको कविता’ संचालन हुनेछ।

५ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको