बुद्ध एयरले भित्र्यायो १२ औं एटीआर जहाज


चैत ५, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुद्ध एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ।

फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीद्वारा निर्मित जहाज भित्र्याएको हो। जहाज लिन बुद्ध एयरबाट गत साता प्राविधिक टोलि फ्रान्स गएको थियो।

नाइन एन एएमवाई कलसाइन रहेको जहाज हिजो बेलुकी ८ः३० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो। कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२–५०० तीनवटा एटीआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेको छ।

नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान भर्नेछ । थपिएको जहाजले नियमिति मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने छ ।

बुद्ध एयर आगामी आगामी जेठ १३ बाट एटीआर ७२–५०० बाट भारतको कोलकोता पनि उडान भर्नेछ। भारतीय तथा नेपाली यात्रुको लागि हवाईटिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरेको छ।

५ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको