चैत्र ५ काठमाडौँ । मेची नेपाल कम्युनिष्ट पार्टी द्वारा मेचिमा सञ्चालित संगठन सुदृढीकरण तथा बिस्तार अभियान दुईको अन्तिम समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
मेची ब्युरो कार्यालय सदस्य तारा थापाको अध्यक्षता र पार्टीका पोलिट ब्युरो सदस्य तथा अभियान टोली प्रमुख ओम प्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभियानमा क्रियाशील सबै अभियान कर्मिले आफ्नो अनुभुती सहितको समिक्षात्मक रिपोर्ट राखेको एक कार्यकर्ताले बताए ।
मेचीको ईलाम र पाँचथरमा सञ्चालन गरिएको अभियानले जनतामा राम्रो उत्साह ल्याएको, पार्टी संगठनको बिस्तार र राजनीतिक प्रचारप्रसार राम्रो भएको, पार्टीमा पुर्णकालिन कार्यकर्ताको संख्यामा वृद्धि भएको र पछिल्लो चरणमा केपी ओलीको दलाल सामाजिक फाँसिवादी सरकारले गरेको दमन र पार्टी माथि लगाएको कथित प्रतिबन्धले जनतामा झन सरकार प्रति आक्रोस बढेको तथा पार्टी पंक्तिमा थप जुझारु पनको बिकास भएको समीक्षा उक्त कार्यक्रममा गरिएको थियोे ।
समीक्षा बैठकमा पोलिट ब्युरो सदस्य ओम प्रकाश पुनले सबै अभियानकर्मी योद्धाहरुलाई बधाई दिदै अब पार्टीले अघि सारेको एकीकृत जनक्रान्ती जनतामा सर्व्स्विकार्य भैसकेकोले अब दृढताका साथ अघि बढ्न आहुवान गरे ।
उनले भने, अहिले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा परिवेश क्रान्ति अनुकूल छ । विश्व साम्राज्यवादीहरु आपसि अन्तरबिरोधमा फसेका छन् र बिश्व तेस्रो बिश्व युद्धको परिवेशमा छ । देश भित्रका दलाल पुजीवादीहरु पनि आपसि अन्तरबिरोधमा फसेका छन् र संकटग्रस्त हुदै गएका छन् ।
उनिहरुले आफ्नो असफलतालाई गृहयुद्ध मार्फत विषयान्तर गर्न खोज्दैछन् । सिके रावत जस्ता बिखण्डनकारी लाई स्वागत गर्ने र अंगालो हाल्ने तर देशमा बैज्ञानिक समाजवादी क्रान्तिका लागि संघर्षरत हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने जस्ता हर्कत केपी र प्रचण्डको आफ्नो स्वबिवेकमा भन्दा पनि ईण्डो अमेरिकी साम्राज्यवादी शक्तिको निर्देशनमा भएको हो ।
त्यसैले हाम्रो संगठन सुदृढीकरण तथा बिस्तार अभियान ३ छिट्टै सुरु हुने भएकोले अब यसलाई निरन्तरता दिन पनि नेता पुनले कार्यकर्तालाई निर्देश दिए ।
दलालहरुले लगाएको प्रतिबन्धको कडा जवाफ पार्टीले दिने र उनीहरुले घोषणा गरेको अन्यायपूर्ण युद्धको सामाना दृढतापुर्वक गर्ने भएकोले सोहि दिशामा अघि बढ्न पनि समिक्षामा सहभागी अभियान कर्मिलाई नेता पुनले निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस