चैत ५, काठमाडौं । पत्नि सीता दाहालको उपचारका लागि अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षविरुद्ध गत आइतबार अमेरिकामा उजुरी परेको छ ।
अमेरिकाको केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा यु्द्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध उजुरी हालेका हुन् । अमेरिकी कानुनले कुनै पनि युद्ध अपराधीलाई आफ्नो देशमा पक्राउ गर्न सक्ने अधिकार दिएको छ ।
उनले दायर गरेको उजुरीपत्रमा प्रचण्डलाई आतंककारी भनिएको छ । ‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएको छन् । उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए । उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए,’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ ।
उजुरीमा भनिएको छ, ‘कृपया आतंकवादविरुद्ध अमेरिकाको अडान र नीतिगत मान्यता, आन्तरिक र विश्वव्यापी मान्यताका आधारमा कानुनी उपचार होस् । मलाई थाहा छैन कहाँ उजुरी गर्ने, कृपया यसलाई सम्बन्धीत निकायमा जानकारी गराइयोस् ।
पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकाको बाल्टिमोरस्थित संघीय अनुसन्धान ब्युरोमा उजुरी परेको थियो ।
प्रचण्डबिरुद्ध उजुरी गर्ने श्रेष्ठ को हुन् ?
प्रचण्डबिरुद्ध उजुरी गर्ने श्रेष्ठ हाल केन्टुकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत रहेको विश्वविद्यालयको वेवसाइटमा उल्लेख छ ।
उनले यसअघि नर्थ एलाबामा सेन्टर फर एजुकेशन एक्सिलेन्समा शिक्षाविद्का रुपमा काम गरेका थिए । उनले युनिभर्सिटी अफ फ्लोरीडामा भौगर्भिक इन्जिनियरिङ विषयको अध्ययन गरेका थिए ।
विद्यालयीय शिक्षा काठमाडौंको पद्मोदय हाइ स्कुलबाट पूरा गरेका श्रेष्ठ विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । उनी हाल अमेरिकाको हन्टभिल्ला अल्बामामा बस्दै आएका छन् ।
यस्तो छ उजुरी पत्र
प्रतिक्रिया दिनुहोस