‘प्रगतिशील साहित्यिक आन्दोलनमा नयाँ बहस र थालनीको प्रयास बारे’


बिपी बिद्रोही । पछिल्लो समय नेपालको प्रगतिशील आन्दोलन धरासायी बन्यो । कारण प्रगतिशीलहरुको आदर्श कम्युनिस्ट भनिनेहरु पुजीवादी बर्गमा परिरणत हुनु, कम्युनिस्ट भनिनेहरुको सत्ता लिप्सा र भ्रस्टिकरणले प्रगतिशील आन्दोलन अलमलमा पर्यो।

यहि यथार्थको बिचबाट प्रगतिशील आन्दोलनमा नयाँ बहसको आबस्यक्ता पर्यो । नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा नयाँ बहस संगै नयाँ प्रगतिशील धारको निर्माण एकदमै आबस्यक छ।

यसै सिलसिलामा पछिल्लो समय प्रगतिशील आन्दोलनमा नयाँ धारको निर्माणको थालनी प्रयास भएको देखिन्छ । यो एक हिसाबले सकारात्मक पनि छ तरपनि साँच्चिकै प्रगतिशील तथा क्रान्तिकारी माक्सवादी होला कि नहोला हेर्न अझै बाँकी छ । प्रगतिशील लेखक साहित्यकारहरुको आदर्श सिद्धान्त माक्सबादी दर्शन नै हो र हुनुपर्छ ।

अहिले नेपालमा दलाल पुजिबाद र आम सामाजिक उत्पिडन र बिभेदको बिरुद्द लडदै आएको शक्ति बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी हो । पहलकदमीका हिसाबले त्यस संग आस्था राख्ने लेखक साहित्यकारहरुले नयाँ क्रान्तिकारी माक्सबादी साहित्यिक धारको थालनीको बहस घनिभुत तरिकाले उठाउदै आइरहेका छन। उनीहरुको बुझाइमा प्रलेस आफैमा गलत चिज हुँदै होइन, त्यसलाइ त गलत चिन्तन र प्रवृत्तिका मान्छेहरुले गलत बनाएका हुन ।

जस्ले जे भने पनि स्थापनकाल देखि प्रलेस कम्युनिस्ट लेखक साहित्यकारहरुको साझ संघको रुपमा रहदै आयो। प्रलेसलाई खराब प्रवृत्तिहरुले जति कमजोर बनाए पनि प्रगतिशीलहरुको मुल प्रवाह प्रलेस वरिपरि नै छ। त्यहाँ चाहेर वा नचाहेर जे जसरी भए पनि धेरै क्रान्तिकारी लेखक साहित्यकारहरु अझैपनी छन ।

त्यसकारण बिद्रोही नेकपाको रणनीति हालको प्रलेसलाई न्युनतम उपयोग गरेर, हालको प्रलेस भित्रका क्रान्तिकारी लेखकहरुलाइ गोलबन्द गरेर, भित्र-बाहिर छरिएर रहेका सम्पुर्ण क्रान्तिकारी लेखक साहित्यकारहरुलाइ एकत्रित गरेर नयाँ धारको थालनी गर्ने रणनीति देखिन्छ । तर यहानेर अहिले के भ्रम फिजाइयो भने बिद्रोही नेकपाको सबै क्रान्तिकारी लेखक साहित्यकारहरुलाइ समेटेर नयाँधार निर्माण गर्ने रणनितीलाई अर्कै अर्थ लगाएर, हिजो जस्ले प्रलेसलाई बिगार्यो, जस्ले प्रलेस आन्दोलनलाई धारसासी बनायो तिनै मान्छेहरुको उक्साहटमा क्रान्तिकारी लेखकहरुलाइ बाइपास गर्दै मात्र नया प्रगतिशील धार को निर्माण को धालनिको पहलकदमी आफ्नो हो भन्ने पार्नका लागि मात्र नया धारको बहस अगाडि ल्याइएको हो कि भन्ने प्रस्न चिन्ह खडा भएको छ।

हालका नेकपा अध्यक्ष प्रचण्डधार र ओलिधारमा बिभाजित प्रगतिशील आन्दोलन यी दुबैको मिलन भएपछि पनि प्रगतिशील लेखकहरुमा मिलन हुन सकेन! उनिहरुको सोचमा प्रगतिशील आन्दोलनलाई धरासायी बनाउने ओलिधार अथवा तत्कालीन एमालेधार हो भन्ने बुझाइ रह्यो तर हाम्रो बुझाइमा प्रचण्डधार र ओलिधार अथवा तत्कालीन एमाले र माके दुबै लम्पट पुजीवादी हुन । यी दुबै प्रगतिशील आन्दोलनका हत्यारा हुन।

त्यसकारण अहिलेको नयाँ धारको थालनीको कुरा समग्र दलाल पुजिबादी सत्ताको विरुद्ध भन्दा पनि तत्कालिन एमालेको विरुद्ध जस्तो देखिन्छ। भलै तत्कालीन माकेसंग समन्धबिछेद गरेर बसेका केही क्रान्तिकारी लेखकहरुले, अन्य केही क्रान्तिकारी लेखकहरुलाई गोलबन्द गर्ने कोसिस त गरेका छन तर त्यसमा प्रस्ट के देखिन्छ भने हिजो जस्ले प्रलेस बिगार्यो भनेर धारे हात लगाइयो, घुमाइफिराइ हो तिनै प्रलेस बिगार्नेवाला मान्छेहरु पनि हालको नयाँ प्रलेस भित्र अटने देखियो ।
त्यसकारण हालको नयाँ गठन गर्ने भनिएको प्रलेस कतै प्रचण्ड वरिपरि घुम्ने त होइन भन्ने प्रस्न चिन्ह खडा भएको छ।

अहिले पछिल्लो समय प्रगतिशील आन्दोलनमा देखा परेको नयाँ रोग यो छ कि, लेखकहरुको लेखनीमा क्रान्तिकारी पना पनि छ, सत्ताको बिरुद्द पनि लेख्छन तर चुनाबको बेला माकेको भोट माग्दै हिडछन।

क्रान्तिकारी भनिनेहरु पनि भेनेजुयला बिगेप्तीको गित गाउदै हिडछन। त्यसकारण मेरो बुझाइमा नेपालको प्रगतिशील आन्दोलनमा नयाँबहस वा नयाँधारको अस्बस्यक्त छ । थालनीको प्रयास पनि राम्रो हो तर घुमाइफिराइ रुम्झाटार नहोस, भन्ने नै हो । नेपालको अहिलेको प्रगतिशील आन्दोलनले अब प्रस्ट रुपले दलाल पुजिबादी संसदीय व्यवस्थाको बिरुद्द लडन सक्नु पर्छ । बैज्ञानिक समाजबादको पक्षमा वकालत गर्नुपर्छ।

अबको प्रगतिशील नयाँ धारमा हिजो सत्ताको भजन गाएकाहरु र फेरि आज सत्ताको भजन गाउने मनस्थितिमा रहेकाहरु कुनै हालतमा अटनु हुन्न । बिसुद्द क्रान्तिकारी माक्सबादी प्रगतिशीलधार बन्नुपर्छ र क्रान्तिकारी लेखक साथिहरुले पनि वास्तविक क्रान्तिकारी माक्सबादी प्रगतिशील धारको पहलकदमी कस्ले गरिरहेको छ ? कसरी गरिरहेको छ ? गहिरिएर बुझ्नुपर्छ । पछिगएर पुन पछुताउनु भन्दा बेलैमा राम्रोसँग बिचार पुर्याउनु आबस्यक छ।

नयाँधार बन्ने हल्लाको पछाडी हतारिएर दौडिदा पुनह पुरानै अथबा अझ यथास्थितिबादी धारमा गएर जाकिने खतरा छ । त्यसैले घनिभुत छलफल र बहस गरेर मात्र निर्णयमा पुग्नु आबस्यक छ।

५ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको