चैत्र ५ कञ्चनपुर । निर्माला पन्तको बलात्कार र हत्या प्रकरणमा लापरवाही गरेको अभियोगमा सेवाबाटै बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन । अभियुक्त विष्ट मंगलबार कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएकोलगायतका अभियोग विष्टमाथि छ । अदालतले उनीसँग बयान लिन सुरु गरेको छ । बयान सहिए आजै थुनछेक बहस हुने कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्तीले जनकारी दिएका छन् ।
कञ्चनपुर जिल्ला अदालतले विष्टसहित ८ जना प्रहरीलाई ३५ दिने म्याद जारी गरी अदालतमा उपस्थित हुन सूचित गरेको थियो। आरोपित ६ प्रहरी यसअघि नै अदलतमा उपस्थित भइसकेका छन् ।
तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, तत्कालीन प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, निलम्बित सईहरू हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद दोषी अदालतमा उपस्थित भएपनि विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसी भने फरार थिए ।
प्रतिक्रिया दिनुहोस