बेपत्ता गन्धर्वको छानबिनगरि उद्दार गर्न एनआरएन मलेसियाले दुताबासलाइ लेख्यो पत्र


चैत्र ५, मलेसिया । मलेसियाको जोहोरमा बेपत्ता भएका गोरखा पालुङ्गटार ५ ठाँटीपोखरीका जगत गन्धर्वको आबस्यक छानबिन गरि उद्दारगर्न एनआरएन मलेसियाले माग गरेको छ । गैर आवासिय नेपाली संग जोहोर, मलेसियाले नेपाली दुताबासलाइ पत्रचारगरि छानबिन गर्न अनुरोध गरेको हो ।

मलेसियाको जोहोर बारुमा रहेको ग्लोबल गार्ड एण्ड सर्भिस सिक्युरिटी कम्पनीमा काम गर्दै आएका गन्धर्व यहि मार्च ५ तारिख बिहान कम्पनिले नै बेपत्ता पारेको जनाइएको छ । एनआरएनको पत्रमा उल्लेख भए अनुसार उनि लामो समय ड्युटी गरेर ५ तारिखको बिहान ड्युटीमा उपस्थित नभएपछि उक्त कम्पनीका मालिकले गन्धर्व सुतिरहेको होस्टेलमा गएर धरपकड गर्दै, उनको संबेदनसिल अंगमा हानेर मुखबाट रगत आउने गरि कुटपिटगरि खाली खुट्टा आफ्नै गाडीमा हालेर कम्पनिले लगेको जनाइएको छ ।

उक्त बिषयमा गैर आवासिय नेपाली संघ जोहोरले आवश्यक छानबिन गरि उद्धार गर्न नेपाली राजदुतावास क्वालालम्पुर मलेसियालाई ध्यानाकर्षण गराउदै पत्र लेखेको छ । पत्रमा गन्धर्बले अत्याधिक मधेरा पिएको पनि उल्लेख गरिएको छ ।

हेर्नुहोस एनआरएनएको पत्र यस्तो छ:

५ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको