जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव नेकपाको उद्घोष


चैत ५, काभ्रे । आपराधिक क्रियाकलापपछि सरकारले प्रतिबन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षार्कीलाई गाउँमा प्रतिबन्ध लगाउँदै ‘लाठी लिएर लघार्ने’ उद्घोष विप्लव समूहले गरेको छ ।

यो खबर मोतीराम तिमल्सिनाले नेपाल समाचारपत्र दैनिकमा लेखेका छन् । विप्लव समूहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिक प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले पनि दलका नेताहरुलाई प्रतिबन्ध लगाउँछौं’ विप्लव समूहका नेता रेशम नेपालीले भने।

फोन सम्पर्कमा आएका नेता नेपालीले सरकारले आफ्ना पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएकाले अन्य दलका गतिविधिलाई पनि आफूहरुले प्रतिबन्ध लगाउने बताए ।

‘हामी छलफकै क्रममा रहेका छौं, जिल्लाको सांगठनीय अभियान सुदृढ बनाउँदै विकास निर्माणमा समेत सघाउछौं’, नेपालीले भने, ‘जनताको भावनाविपरित काम गर्नेलाई कारबाही गर्छौ ।’ तर नेपालीले कस्तो कारबाही भन्ने चाहिँ खुलाएनन् ।

पार्टी नीति बन्दै गरेकाले तत्काल के गर्ने भन्नेमा निर्णय भइनसकेको भन्दै सो समूहले ग्रामिण भेगमा रहेका सरकारी प्रतिनिधिलाई खेद्ने रणनीति अख्तियार गरेको छ ।

‘प्रहरी हाम्रो तीनपुस्ते उतार्दै छ, हामी पनि तीनको तीन पुस्ते उतार्न लाग्दैनौ, ठाउँको ठाउँ प्रतिरोध गर्नेछौं’–नेता नेपालीले भने–‘हामीलाई पक्राउ गर्न आउनेलाई हामी पनि पक्राउ गर्छाै ।’ गाउँ गाउँबाट लाठी लिएर लगार्न शुरु गरेपछि त्यसको हिसाव किताव गर्ने छौं ।

विप्लव समुहले पहिलो चरणमा जनप्रतिनिधि र तिनका गतिविधिलाई प्रतिवन्ध लगाउने तयारी गरेको छ भने दोश्रो चरणमा प्रहरी तथा सुरक्षा निकायलाई प्रतिवन्धको तयारी गरेको छ । जिल्ला सेक्रेटरी लेखराज गजमेर, जिल्ला इन्चार्ज शरद रसाईली भूमिगत छन् । ३५ सदस्यिय जिल्ला कमिटी अन्र्तगत ७ वटा इलाका छन् । भातृ संगठन विद्यार्थी, महिला, दलित, मजदुर, तामाङ मुक्ति मोर्चा लगायत कृयाशिल छन् ।

विप्लव समुहले पहिलो तार्गेट जनप्रतिनिधिलाई बनाएको छ । उपभोक्ता समिति मार्फत काम भएका स्थानहरुमा उपभोक्ता समितिबाट ४ प्रतिशत रकम चन्दाका रुपमा उठाउन शुरु गरेको छ । जिल्लाको महाभारत र खानिखोला गाउँपालिकाका अधिकांश उपभोक्ता समितिलाई चन्दा माग गरिएको छ । ‘जनताले दान गछर्न भने कसैले टाउको दुखाउनु पर्दैन, स्वेच्छाले घर खेत दान दिए पनि लिन्छौं’–नेता नेपालीले भने–‘जर्बजस्ति गरेका छैनौं ।’

फागुन २४ गते खानिखोला गाउँपालिका ३ मा रहेको जुरे भाङटार धनामना बेशी सडक उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर लुङ्गेलीलाई २ घण्टा नियन्त्रणमा लिएर छाडिएको छ । सडक खनिरहेका लुङ्गेलीलाई विप्लव समुहका कार्यकर्ताहरुले अपहरणको शैलीमा आधा घण्टा लिएर गएका थिए । ‘डोजरको चावी लिएर मलाई समेत लिएर गएका हुन्’–अध्यक्ष लुङ्गेलीले भने–‘बजेट र श्रोत तथा कामको गुणस्तरका बारेमा सोधपुछ गरेर छाडिदिए ।’

उक्त सडक निर्माणका लागि गाउँपालिकाले २५ लाख रकम विनियोजन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा २० लाख रकम विनियोजन गरिएको थियो ।
साविक डाँडागाउँ गाविसको उक्त सडक भाङटार हुँदै महाभारतको कुपिन्टार जोडिन्छ । डोजर मालिक र उपभोक्ता समितिबाट ४० हजार दिने शर्तमा अध्यक्षलाई छाडिएको श्रोतले बतायो ।

फलामेटार प्रहरी चौकी र गोकुले प्रहरी चौकीबाट प्रहरी गएपछि विप्लव समुहले अध्यक्ष लुङ्गेलीलाई मुक्त गरेका थिए ।

५ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको