नेकपाका जिल्ला सदस्य पक्राउ, रिहा नगरिए परिस्थिति गम्भीर हुने चेतावनी


फागुन ७, झापा । नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्ला सदस्य देवि उप्रेतीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

जिल्ला सेक्रेटरी सुमनसिंह पौडेलले आज बिज्ञप्ती निकालेर सोमबार दिंउसो सुरुङ्गा बजारबाट गिरफ्तार गरिएका उप्रेतीलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

उप्रेतिलाई आज जिल्ला प्रशासन कार्यलय झापाले अभद्र व्यवहार गरेको भन्दै ३ दिनको म्याद थपेर इलाका प्रहरी कार्यलय बिर्तामोडको हिरासतमा राखिएको छ ।

उप्रेतिलाइ अबिलम्ब रिहा नगरिए परिस्थिती गम्भीर हुने चेतावनि दिदै बिज्ञप्ती मार्फत बिना कारण राजनीतिक आस्थाकै आधारमा कसैलाई पक्राउ नगर्न आग्रह समेत गरिएको छ ।

सुराकी र सड्यन्त्रकारिको फेहरिस्त क्रान्तिकारीहरुसंग रहेको भन्दै समय आएपछी उचित कारबाही गरिने समेत बिज्ञपतीमा चेतावनी दिईएको छ ।

२०७५ फाल्गुन ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको