जनप्रतिनिधिले कमिसन खान नपाएर बाटो बनाउन नदिएको स्थानीयको आरोप (भिडियो)


फागुन ७, पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ बासटारी सिमाना मार्ग बाटोको विषयमा स्थानिय र जनप्रतिनिधिबीचको द्धन्दले उग्र रुप लिएको छ । सो बाटो निर्माण गर्ने क्रममा वडा सदस्य अन्जु क्षेत्रीले कमिसन मागेको स्थानियले आरोप लगाएका छन् ।

उनिहरुले वडा सदस्यको पछि लाग्दा वडा अध्यक्ष धन बहादुर नेपालीले पनि गल्ति गरिरहेको आरोप लगाएका छन् ।

यता वडा अध्यक्षले बाटो बनाउदा बाटो निर्माण समितिका अध्यक्ष युवराज खतिवडाले गुण्डागर्दी गरेको, स्थानिय संग अनावश्यक पैसा असुलेको लगायतका आरोप लगाएका छन् । वडाले उनलाई अध्यक्षबाट बर्खास्त गरेको छ भने स्थानियले खतिवडाको पक्षमा बोलीरहेका छन् ।

उनिहरुले बन्नै नसक्ने बाटो निर्माण गर्न युवराज खतिवडाले ठूलो संघर्ष गरेर सो सडक बनेको भन्दै सडक निर्माणका क्रममा जनप्रतिनिधिले आफ्नो नाम नआउने भएपछि विवाद सृजना गरेको आरोप लगाएका छन् । उनिहरुले आफुहरुले यस्ता जनप्रतिनिधिलाई भोट हालेर आफुहरुले ठूलो अपराध गरेको र धेरै दुख लागेको बताएका छन् ।

स्थानीय भन्छन- ‘भोट हालेर ठुलो अपराध गरेको महसुस भयो’

वडाअध्यक्षले १८ नम्बरको नागरिकलाइ कागज मिलाएर ५ नम्बरमा भोट हाल्न लगाएको बताउदै एक महिलाले आफुले ठुलो गल्ति गरेको बताएकि छन् ।

उनले भनिन- ‘भोट हालेर ठुलो अपराध गरेको महसुस भयो, अब भोट फिर्ता मागे भने उसले दिन सक्दैन, त्यसरी भोट हालेर जिताउदा उल्टै जनप्रतिनिधिले हामीलाई अन्याय गर्दै छन् । भोट हालेर जिताएको वडाअध्यक्षले पानीको लाइन र बाटो किन बनाएन ?

अध्यक्ष भएपछि जापान घुम्न गए, ‘हाम्रो बाटो घाटो नबनाई जापान घुम्न गएको फोटो सामाजिक संजाल फेसबुकमा हाले । हामीले जिताएको पैसाले जापान किन घुम्न गएको ? ति महिलाको प्रश्न थियो ।

जनप्रतिनिधिलाई भोट हालेर आफुहरुले ठुलो अपराध गरेको र धेरै दुख लागेको स्थानीयले बताएका छन् ।

हेर्नुहोस यो कार्यक्रम कुन जनप्रतिनिधिले कसरी कमिसन मागे :-

२०७५ फाल्गुन ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको