डिभी चिठ्ठा परेपछि अमेरिका जाने सपना देखेका एक युवा प्रहरीको फन्दामा


फागुन ७, काठमाडौं । डिभी चिठ्ठा परेपछि अमेरिका जाने तयारीमा रहेका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ का २६ वर्षीय निखिल पराजुली रहेका छन्।

कक्षा १२ अनुत्तीर्ण पराजुलीलाई डिभी चिठ्ठा परेको थियो। डिभी परेपछि अमेरिका जान उनले कक्षा १२ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाएर अमेरिकन दूतावासमा पेस गरेका थिए।

दूतावासलाई उक्त प्रमाणपत्र नक्कली भएको शंका लागेपछि महानगरीय प्रहरी अपराध महाशाखालाई पत्र लेख्दै अनुसन्धान गर्न आग्रह गरेको थियो।

दूतावासको पत्रपछि अनुसन्धान गर्दा पराजुलीको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि पक्राउ गरिएको महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनलाई मंगलबार महाशाखाको टोलीले महाराजगन्जबाट पक्राउ गरेको हो।

२०७५ फाल्गुन ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको