बिप्लव नेकपाले भ्रष्टाचारीलाई गाउँ-गाउँबाट लखेट्ने उद्घोष


फागुन ७, रुकुममा। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम रुकुममा संठगन विस्तार र जनसभा कार्यक्रमलाई व्यापक रुपमा अगाडी बढाएको जनाएको छ । सो पार्टीले जिल्लाका विभिन्न ठाउँहरुमा जनसभा कार्यक्रम गर्दै हिडेको छ । संगठन विस्तार अभियानलाई पनि जिल्लाको विभिन्न ठाउँमा टीम विभाजन गरेर तिव्रता दिएको नेकपा पश्चिम रुकुमले जनाएको छ ।

सोमबार चैरजाहरी नगरपालिका ११ चौफाबजारमा जनसभा कार्यक्रम भएको थियो । जनसभालाई नेकपाका केन्द्रीय सदस्य चिरन पुन मिलन र पुर्व बिग्रेट कमाण्डर शिसिरले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मिलनले कमिसन र भ्रष्टाचारको विरुद्व लड्न आफुहरुले गाउँ गाउँमा जनसत्ता गठन गरेको बताएका छन् । उनले भने– “ कमिसनखोरी र भ्रष्टाचारीखोरीलाई जनसत्ताले कारबाही गर्छ ।”

भर्खरै पुर्व माओवादी केन्द्र परित्याग गरेका शिसिरले सत्तारुढ दलमा भएका सच्चा कम्युनिस्ट पार्टी नेता भए विप्लवको नेकपामा आउद आग्रह गरेका छन् ।


चौरहजारी नगर सेक्रेटरी डिल्ली शर्माको सभाअध्यक्षतामा भएको कार्यक्रमको संचालन क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रेम बोहराले गरेका थिए । कार्यक्रममा सिस्ने जनसांस्कृत परिवारले सांगीतक प्रस्तुती राखेको थियो ।

यसैबिच जिल्लाको आडबिसकोट नगरपालिका वडा नम्बर ५ गोतामकोटमा सागर विकको संयोजकमा १३ सदस्यीय युवाको इकाइ कमिटी गठन गरिएको छ । यहाँ कृष्णा रावतको संयोजकमा ७ सदस्यीय महिला र दल बहादुर मल्लको संयोजकमा ५ सदस्यीय किसान गाउँ इकाइ समिती गठन गरेको नेकपा रुकुमले जनाएको छ ।

पश्चिम रुकुममा ४ वटा टीम विभाजन गरेर अभियानलाई तिव्रता दिइएको नेकपा रुकुमले जनाएको छ । अभियानमा केन्द्रीय सदस्य मिलन, केन्द्रयीय सदस्य तथा रुकुम इन्चार्ज अटल, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन, दैलेख जिल्ला इन्चार्ज विवेक, पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढा, जिल्ला जनपरिषद प्रमुख चन्द्र बहादुर खड्का लगाएतको सहभागीता रहेको छ ।

२०७५ फाल्गुन ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको