प्रवासी समाज कतारद्वारा गुम्चालका दुर्घटना पिडित बिष्टलाइ आर्थिक सहयोग


फाल्गुन ७, रोल्पा । प्रवासी समाज समूह दोहा कतार’द्वारा दुर्घटनाग्रस्त टंक बिष्टलाइ उपचारका लागि आर्थिक सहयोग गरेको छ । रोल्पा लुङग्री गाउँपालिका ६ तल्लो गुम्चाल निवासी टंक बिष्ट गत महिना रुखबाट लडेर गम्भीर घाइते भए थिए । उनको उपचारका लागि नेपालगन्ज अस्पतालमा लगिएको थियो ।

आर्थिक अभाबका कारण उनको उपचारार्थ रकम संकलनगरि हस्तान्तरण गरेको समाजका अध्यक्ष चोम बिष्टले जनाएका छन् । उपचार सहयोगका लागि विदेशमा रहेका रोल्पा तल्लो गुम्चाल प्रवासी समाज समुह कतारको बिशेश पहलमा आर्थिक संकलन गरि ५० हजार पिडितलाई सहयोग गरेका छन् । उक्त रकम मलेसियाबाट २३ हजार र कतारबाट २७ हजार संकलन भएको थियो ।

समाजका अध्यक्ष चोम बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लुङग्री गाउँपालिका ६ गुम्चालका अध्यक्ष यामलाल बिष्टरहेका थिए भने कार्यक्रमको बिशेष अथितीमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका सदस्य योगेश चन्द्र थापा र अथितीहरुमा दुर्ग बहादुर बिष्ट, बिग बहादुर बिष्ट, मेघ बहादुर बिष्ट, मदन रिजाल, ननु बिक, रुकमती बिष्ट, अमर रोका रोहित बिष्ट, तिलक बिष्ट, टेकुराम बिष्ट, टङक बिष्ट उपस्थित थिए।

कार्यक्रमको संचालन महासचिव गङ्गा रोकाले गरेका थिए । उक्त कार्यक्रममा प्रवासी समाज समुहको स्थापना काल देखि हालसम्म भएका गतिबिधि बिषयक प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो।

२०७५ फाल्गुन ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको