सहिद परिवारको घर बनाइदिने बाचा पुरागरे बर्षमान पुन र ओनसरी घर्तिले (फोटोफिचर)


माघ ५, रोल्पा । परिवर्तनका सुन्दर सपनाहरु सजाएर, भयानक युद्द झेलेको बिकट रोल्पा राष्ट्रीय तथा अन्तर्राष्ट्रिय चासोको बिषय बन्ने गर्छ । यसरी चियो र चर्चा बीच मिडियाकर्मी विद्या चापागाईले बीबीसी साझा सवाल लिएर २०७४ पौषमा दुर्गम तथा द्वन्द्व ग्रस्त जिल्ला रोल्पा पुगेकी थिइन् ।

रोल्पा जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद, अहिले नेकपाका स्थायी समिति सदस्य तथा हालका ऊर्जामन्त्री वर्षमान पुन र तत्कालीन सभामुख ओनसरी घर्तीलाई अतिथिको रुपमा विद्या चापागाईंले संगै लिएर गएकी थिइन् ।

युद्द लडेको २०औं बर्षहरु पार गर्दा समेत मुक्ति र समृद्दीका लागि लडेका रोल्पालीहरु झनै कष्टकर जीवनमा तड्पिरहेको भाबुक दृश्यहरु साझा सवालको प्रस्तुतिमा देखाएको थियो ।

रोल्पाको जेलवाङका मंगले बुढा र फर्की बुढाले आफ्नो एक्लो छोरा युद्दमा गुमाएको क्षण, अनि उनिहरु बस्ने थोत्रो घर, युद्दमा छोरा भुवानलाई गुमाएर सहारा बिहिन एक्लो बाँची रहेका बुढाबुढीहरुको जिबन कहानीले धेरैलाई रुवाएको थियो ।

सहिद परिवारको यस्तो बिजोग देखेर सभामुख ओनसरी घर्तीको आँखाबाट आँशु झरेको थियो ।

बोल्न नसकेर उनको गला समेत अबरुद्द भएको थियो । सहिद परिवारको दुख देखेर सभामुख ओनसरी घर्ती भक्कानो छोडेर रोएकि थिइन् ।

महिलाहरु ३३% समाबेशी तथा समानुपातिक सहभागीलाई राज्य सत्ताको संबिधानमा लेखाउन बलिदान गर्ने जेलवाङमा शान्तिकाल पछी त्यहाँ पुगेकी ओनसरि घर्तिले सहिद परिवारको दुख देखेर आफुले रेखदेख गर्ने जिम्मा लिने समेत बताएकी थिइन् ।

घर्तीले रुँदै भनेका उनका अभिव्यक्तिहरु यस्ता थिए,…!

‘यस्तो मलाइ लागेको थिएन, बास्तवमा उहाहरुको स्थिति देख्दा मलाई सारै दुख लाग्यो । शायद अब मैले आफ्नो बाउ आमाको लागि हैन, उहाहरुको बाँकी जिन्दगीको लागि हेर्नेछु भन्ने प्रतिबद्धता जाहेर गर्छु ।’

उहाँहरुको छोराछोरीको बलिदानी गरेर देशले नै नाफा कमायो, समाबेशीको नामबाट राज्य सत्तामा धेरैले प्रतिनिधित्व पनि पायो तर उहाँहरुको स्थिति हेर्दा, यति धेरै पुरानो छानो, एकतले घर, जहाँ सहारा कोहि पनि छैन, आफै अपांग हुनुहुन्छ, हिड्न सक्नुहुन्न । त्यसमा पनि राहात आएको छैन, बरु हामीलाई मेरा छोरा छोरी जस्तै मान्छु भन्नु भयो, मेरो लागि यो गर ? यो चाहियो भन्नु भएन । यो कुराले पनि मलाइ झनै चित्त दुखायो’ ।

‘युद्द बेलामा युद्द भनेर नचिन्ने मान्छेहरुले आज हामीलाई प्रत्यक आगनीमा चेतावनी दिई राखेका छन्, तर साँच्चीकै आफ्नै घर आगनबाट सन्तान गुमाउने बाबा आमाले केहि पनि माग गर्नुहुन्न ।

संगै पुगेका मन्त्रि बर्षमान पुनले शहिद परिवारलाई घर बनाई दिने बाचा गरेका थिए । रोल्पा जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद, अहिले नेकपाका स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले सहिद भुवानका बुढा बाबा, आमा मात्रै हैन सिंगो रोल्पा जिल्लाको फुसको छानो हटाएर जस्ता पाता लगाउने घोषणा गरेका थिए ।

जुन बेला पुनले भनेका थिए, ‘सहिद भुवनका बुबा मंगले बुढाको घर निर्माणको सम्पुर्ण जिम्मेवारी म लिन्छु ।’

यसरि बनाइ दिए घर 

एक वर्षअघि २०७४ साल माघ २ गते उनले मंगले बुढाको घर बनाउनका लागि जग बसाएका थिए । एक वर्षपछि उनले घर उद्घाटन गरेर हस्तान्तरण समेत गरेका छन् ।

बर्षमान पुन र ओनसरी घर्तिले अन्तत: सहिद परिवारको घर बनाइदिने बाचा पुरागरेका छन् ।

सांसद सुरक्षित आवास कार्यक्रम अन्तर्गत सहिद परिवार मङ्गलेको घर निर्माणको काम सम्पन्न गरेको नेता पुनको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री पुन शुक्रबाट जेलबाङ पुगेर मङ्गले बुढा दम्पत्तिको घर उद्घाटन गरेका हुन् । केही समय अघिनै निमार्ण सम्पन्न भएको घरमा मंगले दम्पत्ति बस्दै आएका थिए ।

हेर्नुहोस यस्तो थियो भिडियो:

२०७५ माघ ५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको