क्यान इन्फाेटेककाे तयारी तिब्र


माघ ५, काठमाडौ । नयाँ नयाँ प्रबिधिको अवलोकनसँगै जागिरको अवसरपनि भन्ने नाराका साथ यहि माघ १५ गते देखि २० गते सम्म भृकुटीमण्डप स्थित प्रदशनि हलमा सञ्चालन हुन लागिरहेकाे ” सुबिसु क्यान इन्फाेटेक २०१९ इन एसाेसियसन विथ इ सेवा ” काे तयारी तिब्र पारिएको छ। क्यान महांसघले गर्न लागेकाे क्यान इन्फाेटेककाे याे २५ अाै संस्करण हाे।

क्यान इन्फाेटेककाे शुक्रबारसम्म ९० प्रतिशत स्टल बुकिङ भएको र प्रायोजकहरु पनि लगभग निश्चित भएको जानकारी क्यान महासंघका केन्द्रीय महासचिव रञ्जित पोद्दारले दिनुभएकाे छ। क्यानका महासचिव ले सञ्चारमाध्यममार्फत प्रदर्शनीको व्यापक प्रचारप्रसार गर्न र फेरि एकपटक राजधानीलाई प्रविधिमय बनाउन लागिपरेको बताउनुभयाे ।

उक्त मेलामा सूचना तथा सञ्चार प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने छ ।
क्यान इन्फाेटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सलुसन, मोबाइल फोन, मोबाइल फोन एसेसरिज, डिलर एवं डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ संस्था , सफ्टवेयर सोलुसन्स, पेमेन्ट साेलुसन आदि प्रदर्शनीमा सहभागी हुने छन।

क्यान इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रबिधि समेत समावेश गर्ने प्रयास गरिएकाे छ। भने मेलामा प्रत्येक ३/३ घण्टामा चिठ्ठा मार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

प्रत्येक दिन १ जनालाई बम्पर पुरस्कारको पनि व्यवस्था गरिने बताइएको छ । नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिने छ ।
क्यान इन्फाेटेकमा जम्मा १ सय ७५ वटा स्टल रहने छन।

सूचना प्रबिधिको क्षेत्रमा भबिस्य बनाउन चाहाने प्राबिधिक विषय अध्ययनरत विधार्थीले मेला स्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आइटी कम्पनीहरुमा पठाइदिने र रोजगारीका लागि आवश्यक सहजीकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएकाे थियाे ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । साथै अनलाइन टिकट खरिद गर्दा १० प्रतिशत छुट रहेको छ ।

२०७५ माघ ५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको