पौडेल र सिटौला नआएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित


पुस २, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ ।

बुधबार दिउँसो १ बजेलाई बोलाइएको बैठक आन्तरिक विवाद हल नभएका कारण शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग सहमति नजुटेपछि बैठक नै स्थगित गरिएको जानकारी दिए ।
पौडेल समूहले नयाँ–नयाँ माग अघि सारेपछि सहमति नभएको रिजालको भनाइ छ । तत्काल १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै पौडेल समूहले मंसिर २६ गतेदेखिको कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ ।

पौडेल समूहलाई मनाउन सभापति शेरबहादुर देउवाले पटक–पटक गरेको प्रयास पनि सफल नभएपछि बुधबारको लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको नेता रिजालले जानकारी दिए ।

२०७६ पुष २,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको