प्रदेश पाँचको राजधानी र नामकरण सर्वसम्मत बनाउने प्रयास


पुस २, काठमाडौं । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानी र नामकरणको विषय राजनीतिक विषय भएको बताएका छन् ।

बुटवलमा बुधबार आयोजित साक्षात्कारमा उनले प्रदेशको राजधानी र नामाकरण सकेसम्म सर्वसम्मत बनाउने प्रयास भएको जानकारी दिए ।

मन्त्री चौधरीले भने “राजधानी बुटवल हुने वा दाङ भन्ने प्रमुख कुरा हो तर बुटवललाई आधार मानेर राजधानी घोषणा हुन सक्छ । ”

प्रदेशसभाका सदस्य सहसराम यादवले विशेष समितिले प्रदेशको राजधानी र नामकरणको विषयमा सिफारिस गरेको र अन्तिम टुङ्गो प्रदेशसभाले लगाउने बताए ।

२ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको