भारतविरुद्ध नेविसंघले निकालेको राँके जुलुसमा प्रहरी हस्तक्षेप, २१ जना पक्राउ [१० तस्बिरमा हेर्नुस]


मङ्सिर २, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले भारतले नेपाली भूमि मिचेको भन्दै राँके जुलुस निकालेको छ ।

नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनको प्रहरीले हस्तक्षेप गरेको नेविसंघ नेता सुशील भट्टले जानकारी दिए । भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता लिन माग गर्दै भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उनीहरूले माछापोखरीमा कोणसभा गर्न लागेका थिए ।

प्रदर्शनका क्रममा २१ विद्यार्थी नेता पक्राउ परेको भट्टले जानकारी दिए । पक्राउ पर्नेमा नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई र सन्तोष गुरुङ रहेका छन् ।

यस्तै पक्राउ पर्नेमा पवन थापा, प्रदीपजंग शाह , राजन बुर्लाकोटी,मनोज राना, प्रशान्त लामिछाने, महेश्वर पौडेल,जगदीश थापा, ईश्वर थापा, ध्रुब अधिकारी,सन्तोष खलाल, भीम अधिकारी, रस गुरुङ, भानुभक्त उपाध्याय, अशोक क्षेत्री रहेको भट्टले जानकारी दिए । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको बताइएको छ ।

तस्बिर: पोष्टपाटी 

२ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको