संविधानमा आमूल परिवर्तन गरे मात्रै समस्या समाधान हुन्छ: वैद्य


मंसिर २, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले वर्तमान संविधानमा आमूल परिवर्तनको खाँचो रहेको बताएका छन्।

सोमबार आयोजित पत्रकार सम्मेलन बोल्दै महासचिव वैद्य वर्तमान संविधानलाई संशोधन गरेर समस्या समाधान हुने अवस्था नरहेकाले संघीयताको लागि संविधानमा आमूल परिवर्तन गरेर मात्रै समस्या समाधान हुने बताए।

आफूहरू पहिचानसहितको संघीयताको पक्षमा आन्दोलन गरेको र मधेशवादी दल सम्बद्ध मधेशी मोर्चाहरूको समेत यही माग रहेको भन्दै उनले जुन अधिकार पाउनुपर्ने हो त्यो पाउन नसकेको बताए । पहिचानसहितको संहिताको लागि फेरि पनि एउटा संघर्षको आवश्यकता रहेको वैद्यले औंल्याए।

उनले भने, ‘वर्गीय मुक्ति, जातीय मुक्तिको लागि फेरि पनि आन्दोलनको खाँचो छ। हामीलाई संविधान संशोधन गरेर नभइ संविधानको आमूल परिवर्तन गरेर संघीय जनगणतन्त्रको संविधान भएपछि मात्र समस्याको समाधान हुन्छ।’

भारत सरकारले नेपालको जग्गा कब्जा गरेको भू-भाग फिर्ता लिनका लागि राजनीतिक र कूटनीतिक ढंगले पहल गरेर समस्या समाधान गर्न सरकारसँग आग्रह गरे।

२ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको