दाङमा खुल्यो १० लाख लगानिमा चिया पसल


दीपक जीएम/कात्तिक २, दाङ । चियाका पारखीहरुलाई खुसीको खबर छ । चिया पसल सामान्य लगानी र सामान्य व्यवस्थापनमा मात्रै सञ्चालन हुन्छन भन्ने मान्नेतालाई चिर्दै घोराही उपमहानगरपालिका वडा नं. १५ काठेकोहोलमा किट्ली टी टाउन सञ्चालनमा आएको छ ।

जहाँ ५० भन्दा बढी प्रकारको चिया पिउन पाईने छ । स्थानीयदेखि अन्र्तराष्ट्रिय बजारमा चर्चित मानिएका चियाहरु अब एउटै ठाउँमा पाईने गरी किट्ली टी टाउन सञ्चालनमा ल्याएको अनु क्षेत्रीले बताइन ।

‘संसारमा पिय पदार्थहरु मध्य पानी पछि सबै भन्दा बढि चिया पिउने गरेको अध्ययनले देखाएको छ,’– सञ्चालक क्षेत्रीले भनिन् , ‘चियाका पारखीहरुलाई मध्यनजर गर्दै टी टाउन सञ्चालनमा ल्याएका हौँ ।’

करिव १० लाख रुपैयाको लगानिमा सञ्चालन गरिएको किट्ली टि टाउनमा स्थानीय चियाहरु समेत पाईने उनले बताइन । गाउँघरमा पाईने विभिन्न जडिबुटीका चियाहरुदेखि सामान्य चियाहरु समेत पाइने अर्की सञ्चालिका हिमानी डिसीले जानकारी दिइन ।

‘चिया भनेको मान्छेको मुड अनुसार खाने कुरा हो । चिया खानका लागि मात्र खाने कुरा होईन, यसले शरिरलाई ताजापन दिन्छ, स्फुर्ती बढाउछ,’– सञ्चालक क्षेत्रीले भनिन्, ‘चियाले सम्बन्ध बढाउनेदेखि सिर्जनशिलता समेत बढाउछ ।’

यसैविच किट्ली टी टाउनको सोमबार उद्घाटन गरिने भएको छ ।

२ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको