जेलभित्र आलमको दिनचर्या : कम बोल्छन्, रोटी खान्छन्


मङ्सिर २, काठमाडौँ । आफैँले बनाउन लगाएको ब’म वि’स्फोटमा घाइते भएकालाई जि’उँदै इँटाभट्टामा ज’लाएको अभियोगमा नख्खु जे’ल पुगेका मोहम्मद अफ्ताब आलमलाई भेट्न रौतहटबाट १२ जनाभन्दा धेरैको टोली आइतबार नख्खु कारागार पुगेको थियो । तर, चारजनाले मात्र भेट्न पाए ।

उनलाई बिहान ११ बजेपछि रौतहट कांग्रेस सभापति कृष्णप्रसाद यादव तथा आफन्तले भेटेका थिए । उनीहरूले थप पाँचजनालाई आलमसँग भेट गराउन कारागार प्रशासनसँग अनुरोध गरेका थिए । तर, प्रशासनले कारागारभित्र राजनीति नचल्ने भन्दै प्रवेशमै रोक लगायो । कारागारको नियमअनुसार आफन्त र अधिवक्ताबाहेक अन्यलाई भेट्न नमिल्ने भन्दै प्रशासनले फर्काइदिएको थियो ।

आलमलाई आइतबार भतिजा र भाइले भेटेका थिए । भेटघाटका लागि उनीहरूलाई प्रशासनले एक मिनेटको मात्रै समय दिएको थियो । भेटका क्रममा उनीहरूले फलफूल लगेका थिए । तर, आलमले फलफूल नलिएको कारागार स्रोतले जानकारी दियो ।

शुक्रबार मध्यरात गौरबाट हिँडाइएका उनी शनिबार बिहान ४ बजे मात्रै कारागार आइपुगेका थिए । कारागार ल्याइएपछि उनले दिनभर थकाइ मारे । कारागार स्रोतका अनुसार शनिबार दिउँसो पनि उनी केहीबेर कारागारभित्रै घुमघाम गरेका थिए ।

जेलभित्र कम बोल्ने आलमले राज्यले आफूलाई अन्याय गरेको भन्दै निर्दोष भएको बताउने गरेका छन् । उनको प्रस्तुति आवेगपूर्ण रहेको कारागार स्रोतले जानकारी दियो । ‘उनको प्रस्तुति एकदमै हिटलर (रि’साह) शैलीको छ,’ कारागारका एक कर्मचारीले भने । आलमले बिहान र बेलुका मधुमेह रोगको सुई लगाउने गरेका छन् । उनले रोटी र तरकारी खाने गरेका छन् ।

आलम परिवारका सदस्यले उनलाई आइतबार कारागारमा खाना ल्याउने बताइएको थियो । तर, परिवारले नल्याएपछि उनले कारागारले उपलब्ध गराएको खाना खाएका थिए ।

उनलाई अहिले जेलमा ला’गुऔ’षध दुव्र्य’सनीका अभियुक्तसँगै राखिएको छ । आलमलाई सिआरसी (कम्युनिटी रिह्याबिटेसन सेन्टर) ब्लकमा राखिएको छ । यो ब्लकमा आ’गुऔ’षध दुव्र्यस’नी र ह’त्या अभियोगका थुनुवा राखिन्छ । नयाँ पत्रिकामा खबर छ ।

२ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको