कार्तिक १ काठमाडौँ । सरकारद्वारा प्रतिबन्धीत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले एक वक्तव्य जारी गरेका छन् ।
२९ गेत राती राती दाङकाे राजपुर गाउँपालिकाकाे एक गाउँमा प्रहरीले घेरा हालेर २ केन्द्रिय सदस्य सहित राप्ती ब्युराेका अधिकांश नेताहरूलाइ गिरफ्तार गरेपछि विप्लवले ३० गते गिरफ्तारीकाे विराेध गर्दै विज्ञप्ती सार्वनजिक गरेका हुन् ।
विप्लवले आफ्नाे पार्टीले संचालन गरेकाे वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने बताएका छन् । विज्ञप्तीमा उनले लेखेका छन्, ‘जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भइछाड्नेछ ।’
महासचिव विप्लवको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कठिनाइ, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य हुन् । जनताको मुक्ति एवम् वैज्ञानिक समाजवाद—साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ताहरू यो मूल्य चुकाएर नै महान् उद्देश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौँ । यसका लागि हामी तयार हुँदैनथ्यौँ भने माओवादी पार्टीको खरानीबाट हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति जन्माउन सम्भव हुने थिएन । हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरू स्पातिलो बन्दै जानेछौँ ।’
ओली सरकारकाे सामाजिक फाँसिवादी गिफ्तारी भएकाे भन्दै विप्लवले गिरफ्तार नेता–कार्यकर्तालाई तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनी पनि दिएका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि स्पष्ट गर्दछ ।’
विज्ञप्तीमा पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरिएकाे जनाइएकाे छ ।
यस्ताे छ विज्ञप्ती
प्रतिक्रिया दिनुहोस