नवलपरासीबाट विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ


कार्तिक १, नवलपुर । नवलपरासीपूर्व प्रहरीले नेकपाका दुई जना जिल्ला कमिटि सदस्यलाई गएराति पक्राउ गरेको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका १० मजुवाखोलाबाट जिल्ला सदस्यद्धय गणेश बिक र गोविन्द विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएयता प्रहरीले देशभर उसका नेता-कार्यकर्ता र समर्थकमाथि धरपकड गर्दै आएको छ ।

१ कार्तिक २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको