असोज ०१, काभ्रे । अविरल बर्षाका कारण फेदीमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ।
बुधबार बिहान आएको पहिरोले पाँचखाल नगरपालिका–४, फेदीमा टेक बहादुर लामाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले जानकारी दिए।
पहिरोको आएको बेलामा परिवारका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु भने सकुसल रहेको गिरीको भनाइ छ। तर घटनामा उनका चार वर्षे छोरा सजन लामाको भने मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस