भाद्र ३१, दाङ । नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरू यतिबेला अरिंगाल शैलिमा प्रस्तुत भैरहेका छन् ।
आफ्ना मन्त्रीमाथी अभद्र ब्यबहार गरेकाे भन्दै स्वतन्त अभियान्ता बताउने ज्ञानेन्द्र शाहीमाथी नेकपाका कार्यकर्ता आक्रमक बनेका हुन् । शनिबार नेपालगञ्ज विमानस्थलमा ढिला गरेर विमान राकेकाे भन्दै नेकपाका स्थायी समिति सदस्य समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि ज्ञानेन्द्र शाहीले अभद्र व्यवहार गरेकाे भन्दै नेकपाका कार्यकर्ता अरिंगाल बनेका हुन् ।
केहि समय अघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममै सरकारकाे र पार्टीकाे बिराेध गर्ने विरुद्ध अरिंगाल शैलिमा प्रस्तुत हुन कार्यकर्तालाइ निर्देशन दिएका थिए । त्यसैकाे फल स्वरूप कार्यकर्ताहरू पनि अहिले अरिंगाल शैलिमा प्रस्तुत भैरहेका छन् ।
यसैबीच नेकपाकाे भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले अभियान्ता ज्ञानेन्द्र शाही भनिने ज्ञानबहादुर शाहीलाई दाङ प्रवेश निषेध गरिएको जनाएको छ । यसअघि युवा संघले कास्की, धनुषा लगाएतका जिल्लामा ज्ञानेन्द्र शाहीलाइ प्रवेश निषेध गरेकाे जनाए सँगै दाङमा पनि युवा संघ अन्तर्गत साविक वाइसिएल नेपालले दाङ जिल्लामा प्रवेश निषेध गरिएको जनाएको हाे ।
वाइसिएल दाङका इञ्चार्ज सरोज पन्त र जिल्ला अध्यक्ष खगेश्वर घर्ती ‘बादल’ ले एक विज्ञप्ती निकालेर योगेश भट्टराई माथी नेपालगञ्ज विमानस्थलमा भएको दुर्व्यवहार गणतन्त्र र परिवर्तन विरोधी भएको बताएका छन् । विप्तीमा भनिएको छ, ‘स्वतन्त्र समूहको नाममा राजावादीको पैशा खाएर मुलुकमा अस्थिरिता पैदा गर्न खोज्ने ज्ञानबहादुर शाहीहरु जस्ता प्रतिगामी तत्वहरुलाई राष्ट्रिय युवा संघ नेपालले जस्तो सुकै हालतमा पनि प्रतिकार गर्ने कुरा अवगत गराउन चाहन्छौं ।’
गणतन्त्रका लागि संघर्ष गर्ने नेृत्वमाथी भएको दुव्यर्ववहार आफुलाई सह्य नभएकाे युवा संघले जनाएकाे छ । ‘हामी प्रतिगामी तत्वहरुलाई सिधै आफ्नो पार्टीको व्यानरमा आएर संघर्ष गर्न चुनौती दिन्छौं ।’, विप्तीमा भनिएको छ ।
यस्ताे छ विज्ञप्ती
प्रतिक्रिया दिनुहोस