यो देशमा अब विप्लबको सत्ता हेर्न मन छ: नायिका रेखा थापा [भिडियोसहित]

यो देशलाई इमरान खान चाहिएको छ - डा. सुरेन्द्र केसी


श्रावन २, काठमान्डौ । चर्चित नायिका रेखा थापाले अब एकपटक विप्लबले यो देश नेतृत्व गरेको हेर्न चाहेको बताएकि छिन । हिजो माओबादी आन्दोलनले उठाएका एजेन्डाहरु राम्रा भएको तर पुरा नभएकोले उक्त एजेण्डाहरु विप्लबले पुरागर्न सक्ने दाबि समेत गरेकी छन् ।

एक अनलाइन टिभीमा अन्तर्वार्ता दिनेक्रममा नायिका थापाले जनताको सवाल सम्बोदन हुनेगरी मुद्दा उठाएको माओबादी पार्टी आज टुक्रा टुक्रा भएकोमा चिन्ता समेत व्यक्त गरिन ।

१० बर्षे जनयुद्दले उठाएका मुद्दाहरु अझै टुंगो नलागेकोले तिनै मुद्दाहरुलाई समाधान गर्न विप्लबले निरन्तरता दिइरहेको समेत जिकिर गरिन । विप्लब अलग हुनुको कारण नेपालको राज्यसत्ता माथि हुने बैदेशिक चलखेलका कारण चाहे अनुसारको ब्यबस्था संचालन गर्न नसक्ने भएपछी छुट्टिएको उनको बुझाई छ ।

अहिलेका नेताहरुले झैँ भोलि विप्लबले पनि धोका नदिनेमा रेखा थापा बिश्वस्त देखिन्छिन । उनको बुझाइमा प्रचण्ड नेतृत्वको पार्टी सरकारमा जाँदा पनि विप्लब शक्तिशाली नेता थिए । उनले भनिन ‘यदि पद र पार्टी अनि पैसाकै लोभ थियो भने सायद विप्लब दाईले अहिले जंगलमा बसेर युद्द गर्नु पर्दैनथ्यो होला । पद पैसा र पावरकै लागि थियो भने उहाँलाई सब चिज प्रयाप्त थियो । प्रचण्डबाकै शब्दलाई नै सापटी लिने हो भने, उहाँले विप्लब मेरो राइट ह्याण्ड थिए, म पछिको प्रचण्ड देख्थे विप्लबलाई भनेर भन्नु भएको छ, त्यहि अभिव्यक्तिलाई आधार मान्ने हो भने पनि उहाँ (विप्लब) त इमान्दार देखियो, तर उहाँको कार्यकाल भने हेर्न बाँकी छ । अहिले सम्म देशभक्त लिडरको रुपमा विप्लब नै देखिरहेको छु । उनले भनिन !

विप्लबले युद्द गर्न नचाहेकोमा जोड दिंदै नायिका थापाले सर्लाहीको घटना लगाएत सरकारले इन्काउन्टरका नाममा मार्ने काम गरिरहेको तर विप्लबले प्रतिबाद नगरेको बताउदै युद्द कसले चाहिरहेको छ त ? भन्दै विप्लबको बचाउ गरेकी छिन ।

विप्लब पार्टीले बम हानेको प्रसंगलाई पनि खण्डन गरेकी छिन । उनका अनुसार विप्लबले राज्यको करमाथि अनियमितता गर्ने कार्यलयमा हानेको तर सर्बसाधारणलाई टार्गेट नगरेको जिकिर समेत गरिन । नेपाली जनताले नागरिकता लिएको भरमा मात्रै कर तिर्नु पर्ने तर बिदेशी कम्पनि एनसेलले कर नतिर्दा विप्लबले एन्सेलको कम्पाउण्डमा बम हानेको ठोकुवा गरिन ।

नेपाली नागरिकले खोलेको कम्पनि जहिले पनि घाटामा जानुपर्ने, कुनै ब्यबसायी गर्न नागरिकले सहजै ऋण नपाउने तर बैंकहरुले बिदेशी लगानीलाई ऋण दिने, यो देश कसको लागि हो ? भन्दै रेखा थापाले विप्लबले उठाएका कतिपय मुद्दाहरुमा आफु सहमत भएको बताइन ।

तर मार्ने र मर्ने कुरा राम्रो नभएको बताइन । युद्दद्वारा समस्याको समाधान नहुने बताउदै बार्ता र सम्बाद द्वारा समस्याको समाधान गर्न विप्लब नेकपाले कदम चल्नु पर्ने पनि थापाले बताईन ।

बार्ताको बातावरण बनाउन राज्य बढी जिम्मेवार हुनुपर्ने बताउदै विप्लबले राखेका मागहरुलाइ दुईरिहाई सरकारले सम्बोधन गर्नु पर्नेमा जोड दिईन । शान्ति र बिकासमा जोड दिंदै विप्लबलाई बार्तामा ल्याउनु पर्ने बताईन ।

विप्लबले पनि नेतृत्व गरेको हेर्न चाहेको बताउदै अब यो देशको नेतृत्व गर्ने चान्स विप्लबलाई दिनुपर्ने उनको अडान थियो । देशले निकास नपाए नयाँ प्रतिभालाई स्थान दिने र उसका नयाँ कार्यक्रमलाई लागु गर्न दिनुपर्ने उनको भनाइ थियो ।

विप्लबले बार्ता नगर्ने डा. सुरेन्द्र केसीको ठोकुवा

आफुलाई सर्बहारा देखाउदै अरबपति हुने खेल हालका राजनीतिक दलहरुले गरिरहेको डाक्टर सुरेन्द्र केसीले आरोप लगाए । हिजो जनयुद्दताका प्रचण्डको टाउकाको मूल्य ५० लाख तोके तर गएको चुनाबमा संगै घांटी जोडेर चुनाव लडे भन्दै धन सम्पतिका लागि जे गर्न पनि तयार हुने केसीले कडा टिप्पणी दिए ।

उनले राजनीतिक दलहरुको ब्यबहारमाथि कटाक्ष गर्दै भने कसैले राष्ट्रियताको मुदा ल्याउने र राष्ट्रियता नै बेच्ने, कसैले जनजातिको कुरा ल्याउने र जनजातिलाई नै बेच्ने, कसैले महिलाको कुरा ल्याउने र महिलालाई नै बजारमै पुर्याउने धन्दा रहेछ’ ।

सरकार र विप्लब बीच बार्ताको पहल गर्न प्रधान मन्त्रीसंग सबै भन्दा पहिले आफुले पहलका लागि सुजाब दिएको त्यसपछि बार्ताको हल्ला आएको डा. केसीले दाबी गरे तर बार्ता हुनसक्ने कुरामा भने उनि बिश्वस्त देखिदैनन । डाक्टर केसीका अनुसार विप्लब कुनै पनि प्रक्रियामा बार्तामा नआउने जिकिर गरे । उनले भने, ‘विप्लब बार्तामा आउलान तर यो प्रबिर्ती कहिले पनि आउन सक्दैन । किन भने यो विप्लबको कुरा नै होइन, यदि यो विप्लबको कुरा हुन्थ्यो भने प्रचण्डले १० वटा ग्रुप नै बेहोर्नु पर्दैनथ्यो, केपी ओलीसंग घांटी नै जोड्नु पर्दैनथ्यो ।

केपी ओलीसंग घांटी जोडेर सर्बाहाराको राज्य कायम हुन्छ यहाँ ? उनले खरो प्रश्न गरे ।

देशलाई आमुल परिवर्तन दिन सक्ने ठुलो अवसरबाट प्रचण्ड चुकेको केसीले बताए । त्यो अवसर प्रचण्डले गुमाउदा विप्लब जाग्नु पर्यो, विप्लब भनेको आमुल क्रान्ति हो तर आमुल परिवर्तनका लागि विप्लबका सामु भने ठुलो चुनौती रहेको पनि बताए । अहिले नै विप्लबबाट आमुल परिवर्तन हुन नसक्ने संकेत गर्दै भबिस्यको परिवर्तनको बहाक बिप्लब हुन सक्ने भबिष्यबाणी गरे ।

यो देशले इमरान खान खोजिरहेको बताउदै त्यो विप्लब होस् वा अरु कोहि होस्, एउटा असल व्यक्ति यो देशले खोजिरहेको बताए ।

यो देशलाई इमरान खान चाहियो

राजनीतिक बिश्लेषक डाक्टर सुरेन्द्र केसीले यो देशलाई इमरान खान चाहिएको जनाउदै पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कथा सुनाए।

पाकिस्तानमा प्रधानमन्त्रीको लागि ९ माउ भुजी पालिएको थियो । ५ सय स्टाफ थिए । ८० वटा अत्याधुनिक गाडीहरु थिए, त्यस मध्ये ३० वटा मर्सिटिज रहेछन । १४ सय गाडी त्यहाँका न्यायधिसहरु चढ्थे ।

जबकि पाकिस्तानमा अढाई लाख बच्चाहरु ७ कलासबाट ड्रपआउट हुन्थे । सुत्केरी महिलाहरु बच्चा जन्माउन नसकेर मर्थे । त्यसपछि इमरान खानले एउटा अठोट लिए, अब म चाहि प्रधानमन्त्री निबासलाई ‘ईस्लामाबाद युनिभर्सिटी’ बनाउछु र सम्पूर्ण लगानीलाई स्वस्थ र शिक्षामा खर्च गर्छु, र यी सब गाडीहरुलाई लिलाम गरिदिन्छु, भन्ने इमरानले अठोट लिए । त्यस अनुसार कदम चाले र मन्त्रालयमा मन्त्रि देखि आसेपासे सम्मले जनताको करबाट हुने मोज मस्तीलाई सुद्दिकरण गरे ।

आज इमरान खान विश्वमा चर्चित नेता बने । त्यस्तै नेता यो देशले खोजिरहेको छ ।

हाम्रो सिंहदरबारमा भने प्रधानमन्त्री र मन्त्रिहरु कतिवटा गाडी चढेर हिड्छन ? भन्ने कुरा सबैलाई थाहा छ । बिधुत बिभाग किन टाट पल्टेको हो ? एउटा कारण छ, सबै भन्दा राम्रा र महंगा गाडीहरु बिधुत अन्तर्गत आउछन । यो कुरा भने नेपाली जनतालाई थाहा पनि छैन ? बिभागमा मन्त्रि आएको भोलि पल्ट सचिव संग गाडीको हिसाब किराब हुन्छ । गाडी कतिवटा छन् र कहाँ कहाँ छन् भनेर खोजि हुन्छ । अनि मन्त्रीको सालोले एउटा, सालीले एउटा, सासुले एउटा, जेठी सासुले एउटा, ज्वाईले एउटा, सम्धिले एउटा मोज गर्छन, त्यसबाट आएको ऋण नेपाली जनताले बेहोर्नु परेको छ ।

मन्त्री देखि उनका आसेपासेले मोज गर्दा जुम्लाका नेपाली जनतालाई कति ऋण लागेको छ ? किसानी गर्ने जुम्लीलाई थाहा छ त ?

यसरि बिश्लेषक डाक्टर सुरेन्द्र केसीले नेताहरुले मन्त्रीक्वाटरमा गरिरहेको मोजमस्ती र राज्य कोषको दोहन कसरि भैरहेको छ, अनि नेपाली जनताको टाउकोमा किन ऋणको भारी थुप्रिएको छ ? भन्ने बारे गहन बिषयमा बहसको थालनी गरेका छन् ।

हेर्नुहोस सुनौलो नेपाल संगको अन्तर्वार्ता:

२ श्रावण २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको