पहिलोपटक कालिमाटी बजारमा ३० प्रकारका विषादी परीक्षण


असार २,काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलोपटक कालिमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गरेको छ ।

बजारबाट संकलित नमूनाको परीक्षण गर्दा कुनै पनि तरकारी खान अयोग्य नभेटिएको विभागले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले गत शुक्रबार कालिमाटीमा भित्रिएका तरकारीको नमून संकलन गरी विषादी परीक्षणको प्रतिवेदन बुझाउन विभागलाई निर्देशन दिएका थिए ।

विभागले बुझाएको प्रतिवेदन अनुसार ९ वटा उत्पादनमा ३० प्रकारका विषादीको परीक्षण गर्दा खान नमिल्ने खालको विषादी नभेटिएको विभागले जनाएको छ ।

सबै उत्पादनमा सरकारले तोकेको मापदण्ड भित्रैको विषादी प्रयोग भएको पाइएको बताइएको छ । बिभागका अनूसार सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडी तथा भारत कानपुरको आलु र लौकामा एकै प्रकारको क्लोरोपाइडापस नामक विषादी प्रयोग भएको पाइएको थियो ।

९ वटा उत्पादनमा ३० वटा विषादीको परीक्षण गर्दा सबैमासरकारले तोकेको मापदण्डभित्रै विषादी प्रयोग भएको देखिएको विभागले जनाएको छ ।

२ श्रावण २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको