साउन २, काठमाडौँ । स्थानीय तहको विज्ञापन खारेजी माग गर्दै लोक सेवा केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको र ‘आरक्षण बचाउ ‘ भन्दै लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन गरेका हुन् ।
लोकसेवा आयोगको परिक्षा हुनु भन्दा एक दिन अगाडी प्रदर्शन गरेका हुन् । आयोगले गत असारमा विभिन्न स्थानीय पदका लागि ९१३१ कर्मचारी माग गरेको थियो ।
प्रदर्शनकारीले गरेका उक्त प्रदर्शनका कारण केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । सवारी साधन आवागमनसमेत प्रभावित भएपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको छ । अहिले भने अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने माग उनीहरूको छ । यही माग राखेर उनीहरू चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।
सर्वोच्च अदालतले विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि लोक सेवा आयोग परीक्षा सञ्चालनको तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस