सेक्रेटरी आक्रोशसहित ९ बिद्यार्थी नेतालाई छाड्न अदालतको अर्को आदेश


असार ३, कास्की । उच्च अदालत पोखरा बार एसोसिएसन भवनबाट मध्यरात गिरफ्तार गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्कीका जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’सहित ९ जना विद्यार्थी नेताहरुलाई रिहा गर्न अदालतले दोस्रो पटक आदेश दिएको छ ।

मंगलवार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहस सुनुवाईपछि उच्च अदालत पोखराले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो ।

इजलास नम्बर १ मा भएको बहसपछि न्यायधिसद्धय यज्ञ प्रसाद बस्याल र डाल कुमार खड्काको संयुक्त ईजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । नेकपा जिल्ला सेक्रेटरी आक्रोशसहित एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो संयोजक मिलन राइ, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पि एन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, राजन साउद र सुजन सापकोटालाई रिहा गर्न आदेश दिएको हो ।

यसअघि बिहिवार पनि बन्दीप्रत्यक्षीकरणको मुद्धामा नै उनीहरुलाई उच्च अदालत पोखराले रिहा गर्न आदेश दिएको थियो । तर रिहा भएपछि उच्च अरुलाई मध्यराति प्रहरीले गिरफ्तार गरेको थियो ।

अदालतले रिहा गर्न आदेश दिए पनि आज पनि उनीहरुलाई फेरी गिरफ्तार गर्ने तयारी गरिएको बुझिएको छ । उच्च अदालतले मानव अधिकार आयोग र अदालतका रजिस्ट्रारको रोहबरमा छाड्न अदालतले आदेश दिईएके छ ।

यसअघि उनीहरुलाई गत जेठ २६ गते कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ उरीस्थित आमा समुहको भवनमा विद्यार्थीको संयुक्त बैठक बसिरहेको अबस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।

३ असार २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको