जनपत्रकार संगठनका नेताहरुको आक्रोस: ‘पत्रकार महासंघ साझा बनोस्’


बैशाख ५, काठमाडौ । जनपत्रकार संगठन नेपालका केन्द्रीय नेताहरूले नेपाल पत्रकार महासंघको कार्यशैली प्रति कडा आक्रोस पोखेका छन । पत्रकार महासंघले पत्रकारहरुलाइ हेर्ने र संरक्षण गर्ने सवालमा कसैलाई काख कसैलाई पाखा गरेको जनाउदै आक्रोस पोखेका हुन् ।

पछिल्लो समय राज्यले पत्रकारहरुलाई निशाना बनाउदै संबिधान बिपरित गिराफ्तार गर्ने कार्य गरेपछि उनीहरुको हकहित र संरक्षणका लागि पत्रकार महासंघले पक्राउ पत्रकारहरुलाई संरक्षण गर्न एउटै ब्यबहार नगरेको भन्दै जनपत्रकार संगठन आबद्द पत्रकारहरुले महासंघ साझा बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

यतिबेला पोखराबाट पक्राउ परेका पत्रकार अर्जुन गिरीको गिरफ्तारीलाई लिएर देशभर पत्रकार महासंघ आन्दोलित भएको तर विचार र आस्थाका हिसाबले जनपत्रकार संगठनमा संगठित पत्रकारहरुको गिरफ्तारीमा मौन बसेको भन्दै डुम्रेले आक्रोस पोखेका छन् । अध्यक्ष डुम्रेले सबै पत्रकारहरुलाई बराबरी आँखाले हेर्न पत्रकार महासंघलाइ अनुरोध गर्दै भनेका छन्, ‘हामी विचार र आस्थाकै कारण पत्रकार गिरफ्तार गर्ने कार्य तत्काल बन्द गर्न र महासंघले पनि सबै पत्रकारहरुलाई बराबरी आँखाले हेर्न समेत अनुरोध गर्न चाहान्छौं ।’

त्यसैगरी जनपत्रकार संगठनका सदस्यहरू प्रेस काउन्सिलको नियमन अधिकारलाइ मिचेर प्रहरीद्वारा प्रकाउगर्दा उक्त बिषयलाइ पटक पटक स्मरण गराउदा केवल बिज्ञप्ति द्वारा बिरोध बाहेक अन्य कदम प्रति मौन रहेको भन्दै जनपत्रकार संगठनका केन्द्रिय महासचिव हिम बिष्टले समेत असन्तुष्टि पोखेका छन् ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, सचिव सिर्जना तिमिल्सिना, संगठनका केन्द्रीय सदस्य एवम् गण्डक ईन्चार्ज ओम हमालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै महासंघको कार्यशैली विभेदपूर्ण रहेको टिप्पणी गरेका छन् ।

पत्रकार महासंघले पत्रकार अर्जुन गिरीको रिहाइमा देखाएको सक्रियता र जनपत्रकार संगठनमा संगठित पत्रकारहरुको गिरफ्तारीमा देखाएको भुमिका प्रति प्रश्न उठाएका छन । उनीहरूले सत्ता बाहिर रहेका पत्रकारहरुको नेतृत्व महासंघले गर्न नसके साझा महासंघको विकल्प खोज्ने चेतावनी समेत दिएका छन् ।

यस अगाडि गिरफ्तार परेका पत्रकारहरु गोपाल चन्द, गणेश विक र कर्ण विश्वकर्माको गिरफ्तारीमा महासंघ विज्ञप्ति मात्रै जारी गरेको थियोे ।

जनपत्रकार संगठन नेपाल विप्लब नेतृत्वको नेकपा निकट पत्रकार संगठन हाे ।

 

५ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको