मनको “फुल” छोडेर शिलाले रोजिन “बनफुल” (भिडियो सहित)


बिनोद श्रेष्ठ/बैशाख ५, पछिल्लो समयमा निकै चर्चा कमाउन सफल लोकदोहोरी गायिका शिला गुरुङको “बनफुल” बजारमा आएको छ।

दर्शक श्रोतालाई नयाँ स्वाद दिने नाममा सुन्नै नसकिने शब्द चयन गरेर पछिल्लो समय गीतहरु बजारमा आएका बेला गायिका गुरुङले उक्त गित बजारमा ल्याएकी हुन।

लोक गीतले जहिले मौलिकपन बोक्नुपर्छ, गाउबस्ती को भावना बोक्नुपर्छ भन्ने मान्यता को साथ बजारमा नयाँ लोकदोहोरी गीत “बनफूल” बजारमा आएको हो।

चर्चित गायक तथा मोडल रामजी खाँण र स्वयं शिला गुरुङको आवाज रहेको बनफूलमा सुजन लम्सालको शब्द रहेको छ। गायक एवं मोडल रामजी खाणको सगित र शिव बिकको निर्देशनमा छायांकन गरिएको म्यूजिक भिडियोमा रामजीलाई नायिका छुल्ठिम गुरुङले साथ दिएकी छिन ।

दरौदिको पानीले हुर्किएकि म , मायाले दिएको सिरौला जस्ता गीतबाट दर्शक श्रोताको मनमुटुमा बस्न सफल शिला गुरुङको बनफूलले झन थप उचाईमा पुग्नेमा उनी बिस्वस्त छिन ।

गायन र मोडलिङलाई सन्तुलित रुपमा आफुलाई अघि बढाईरहेका रामजी सागितिक क्षेत्रको बहुचर्चित स्थापित कलाकारको रुपमा चिनिन्छ । मिजासिलो स्वभावको खाणले उक्त गीतमा नोभेम्बर रेन , नेप्टे डायरीको नायिका छुल्ठिम गुरुङसङ्ग उत्कृष्ट कला प्रदर्शन गरेका छन् ।

भिडियो सहित

५ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको