सहज जितसँगै लिभरपुल सेमिफाइनलमा


बैशाख ५, एजेन्सी । पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोर्टाेको मैदानमा बुधबार राति भएको खेलमा लिभरपुल ४–१ ले विजयी भएको हो । समग्रमा लिभरपुल ६–१ ले विजयी भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो ।

एकपक्षीय बनेको खेलमा लिभरपुलले खेलको २६औं मिनेटमा साडियो मानेको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुगेको थियो ।

६५औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै अग्रता दोब्बर बनायो । ६९औं मिनेटमा इडेर मिलिटाओले गोल गर्दै गोल अन्तर २–१ मा झारे ।

७७औं मिनेटमा रोबर्टाे फिर्मिनो र ८४औं मिनेटमा भर्जिल भान डिजिकले गोल गरेपछि लिभरपुल ४–१ ले विजयी हुन सफल भयो ।

यससँगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पुरा भएको छ ।

लिभरपुलको जित संगै सेमिफाइनलमा बार्सेलोना संग भेट हुने भएको छ । सेमिफाइनलको पहिलो खेल आगामी अप्रिल ३० मा हुनेछ भने दोस्रो खेल मे ७ मा हुनेछ ।

५ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको