पर्यटक बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु


बैशाख ५, पोर्चुगल । पोर्चुगलमा पर्यटक सवार बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको ज्यान गएको छ ।

जर्मन पर्यटक सवार बस पोर्चुगलको आइल्याण्ड मडेइरामा सडकबाट खसेर भएको दुर्घटना भएको हो ।

पोर्चुगलको राष्ट्रिय समाचार संस्था लुसाका अनुसार बानिको बजारमा भएको दुर्घटनामा अरु २८ जना घाइते भएका छन् । नेपाली समय अनुसार बुधबार राति सवा ११ बजे दुर्घटना भएको हो ।

चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको जनाइएको छ । सडकबाट तल खसेको बस ‘ओभरटर्न’ भएर तल रहेको घरमा ठोक्किएको हो ।

स्थानीय मेयर फिलिपे सोउसाले दुर्घटनाग्रस्त बसमा रहेका सबै पर्यटक जर्मन रहेको तर घाइते हुने तथा निधन हुनेमा केही स्थानीय बासिन्दा पनि रहेको हुन सक्ने बताएका छन् ।

अहिलेसम्म ज्यान गुमाएको पुष्टि भएका मध्ये ११ जना पुरुष र १७ जना महिला छन् । बसमा ५५ जना यात्रु रहेको बताइएको छ ।

५ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको